FLASH NEWS
  • Loading...

म्याग्दी क्याम्पसलाई ‘शैक्षिक गुणस्तर मापदण्ड’ को मान्यता

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७८ पटक पढिएको
म्याग्दी क्याम्पसलाई ‘शैक्षिक गुणस्तर मापदण्ड’ को मान्यता

सामुदायीक प्रयासमा ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अर्न्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको म्याग्दी क्याम्पसले अर्न्तराष्ट्रिय शैक्षिक मापदण्ड अनुसारको गुणस्तर सुनिश्चितता प्रत्यायोजन (क्यूएए) मान्यता प्राप्त गरेको छ ।
क्यूएए सर्टिफिकेट प्राप्तीसँगै म्याग्दी क्याम्पसबाट जारी हुने शैक्षिक तथा चारित्रिक सर्टिफिकेट विश्व स्तरका कलेजमा मान्यता प्राप्त गर्न सक्नेछन । त्रिभुवन विश्व विद्यालय ग्राण्ड अनुदान आयोगले क्याम्पसको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, परिक्षाको विश्वासनियता, क्याम्पसबाट उत्पादित विद्यार्थीको वजारमा पहुँच जस्ता एक सय २० सुचाङ्ढमा अधिकतम अङ्ढ सहित म्याग्दी क्याम्पस क्यूएए सर्टिफाईड भएको हो ।

नेपालको कलेजहरुको शैक्षिक गुणस्तर खस्कदै गएको र विद्यार्थीले प्राप्त गर्ने सर्टिफिकेट विक्न छोडेको बेला म्याग्दी क्याम्पसले अर्न्तराष्ट्रिय गुणस्तरको मान्यता प्राप्त गरेको छ । अर्न्तराष्ट्रिय गुणस्तरको मान्यता प्राप्त गरेका छौं म्याग्दी बहुमुखी क्याम्पस संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदीले भने, ‘म्याग्दी क्याम्पस गण्डकी प्रदेशका अगुवा क्याम्पसमध्य अग्रस्थानमा रहेको छ । क्यूएए मान्यतालाई टिकाउनु हाम्रा आगामी चुनौति र अवसर हुन ।

सामुदायीक प्रयासमा संञ्चालित म्याग्दी क्याम्पसले अघिल्लो शैक्षिक सत्र देखी एमविए (मास्टर अफ विजनेस स्टडिज) विषयमा स्नाकोत्तर तहको पढाई गर्दै आएको छ । मानविकी, ब्यवस्थापन र शिक्षा संकायमा स्नातकसम्मको अध्यापन हुँदै आएको क्याम्पसमा कक्षा ११ र १२ को पनि छुट्टै अध्यापन हुने गरेको छ ।
स्थानियबासी/समुदायको आर्थिक तथा भौतिक सहयोगमा संञ्चालित दुर्गमको क्याम्पसले क्यूएए सटिफिर्केट प्राप्त गर्दा उत्साहि भएका छौं । प्राध्यापक, विद्यार्थी र अभिभावक सवैको शिर उचो भएको छ म्याग्दी क्याम्पस क्यूएए विभाग प्रमुख गोरखबहादुर जिसीले भने, ‘हामी यस क्षेत्रको कान्छो कलेज भएपनि शैक्षिक गुणस्तरले अग्रेणी भुमिकामा थियौं । क्यूएए सर्टिफिकेटले हाम्रो मेहिनत र अभिभावकको थोपाथोपा पसिनाको मुल्याङ्ढन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल