आज:  | Sat, 02, Jul, 2022

खुकुरी आक्रमणबाट घाईते शिक्षिकालाई हेलिकोप्टरबाट पोखरा पुर्‍याईयो

२७ कार्तिक २०७६, बुधबार ०७:४८ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
मालिका गाउँपालिका, २ रुम स्थित राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयमा कार्यरत ४० बर्षिया इन्द्रा पुनलाई बुधवार विहान ९.३० बजे घरबाट विद्यालय जानेक्रममा स्थानीय २७ बर्षिय रमेश पुनले खुकुरीले आक्रमण गर्दा गम्भीर घाईते भएकी छिन ।खुकुरी आक्रमणबाट घाईते पुनको स्थानिय रुम स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकोप्टरबाट मणीपाल शिक्षण अस्पताल पोखरा पुर्‍याईएको इलाका प्रहरी कार्यालय दरवाङ्गबाट घट्नास्थल पुगेका सई लालबहादुर रानाले बताए ।खुकुरी लिएर बाटोमा बसेका रमेशले अगाडीबाट शिक्षिका इन्द्रा आईरहेको देखेफछि एक्कासी आक्रमण गरेका थिए । आत्रमणबाट टाउको, गर्धन, हात र पाखुरामागरी दर्जनबढी गहिरो चोट लागेको छ । आक्रमणपछि अधिक रक्तश्राव भै बाटोमै वेहोस भै ढलेकी पुनलाई वटुवाले देखी उद्धार गरेका थिए ।घरमै बसेको अवस्थामा सामान्य पारिवारिक विवादमा रमेशले इन्द्रालाई खुकुरी प्रहार गरेका हुन । खुकुरी आक्रमणपछि रमेश फरार रहेको प्रहरीले जनाएको छ ।‘घट्नाको पृष्ठभुमि र कारण खुलेको छैन’ सई लालबहादुर रानाले भने, ‘घाईतेलाई थप उपचारकालागी हेलिकोप्टरबाट पोखरा पुर्‍याइएको छ । खुकुरी आक्रमणपछि आरोपित रमेश फरार छन । खोजीमा गाउँ सर्च गरिरहेका छौं ।’