- Loading...
घलेम्दीको ५ मेगावाट खेर, प्रसारण लाइनको टुंगो छैन
- पुनहिल डट कम
- ५ साल अघि
- २५७ पटक पढिएको

नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगणडकी काेरिडाेर प्रसार लाइन सम्पन्न नगर्दा ५ मेगावाटकाे घलेम्दी जलविद्युत आयोजनाको विद्युत खेर गएकाे छ । प्रसारण लाइन समस्याले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण सम्पन्न आयोजनाको विद्युत खेर गएकाे हाे ।
आयोजनाको निर्माण पूरा भए पनि प्रसारण लाइन तयार नभएकाले विद्युत उत्पादन गर्न नपाएकाे घलेम्दी हाइड्रोपावर कम्पनीका सचिव विमल रिजालले बताए । उनका अनुसार प्रसारण लाइन नसकिएकाले विद्युत जाेडिने दाना सबस्टेसन सञ्चालन नभएपछि साढे २ महिनादेखि आयोजनाकाे विद्युत खेर गइरहेकाे हाे ।
प्राधिकरणले कहिलेसम्ममा प्रसारण लाइन सम्पन्न गरेर सञ्चालनमा ल्याउँछ भन्ने यकिन नभएकाले कराेडाैं रुपैयाँकाे विद्युत खेर जाने अवस्था आएकाे उनले बताए । निर्माण सकिएकाे आयोजना उपकरण तथा उत्पादन परीक्षणकाे चरण पूरा गरेर प्रसारण लाइन सञ्चालन हुने मिति कुरेर बसेकाे छ ।
प्रासरण लाइन तयार नहुन्जेल आयोजनाकाे करिब २ मेगावाट विद्युत तातोपानी साना जलविद्युत केन्द्रकाे लाइनमा जाेड्ने तयारी गरिए पनि नधानेपछि खेर फाल्नु परेकाे कम्पनीले जनाएकाे छ ।
आयोजना सम्पन्न गर्न १ अर्ब १५ करोड रुपैयाँ खर्च भएकाे छ । आयोजनामा लुम्बिनी विकास बैंकको अगुवाईमा मेगा बैंकको पनि लगानी छ । ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
