FLASH NEWS
  • Loading...

डा. केसीले स्थगित गरे अनसन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३२ पटक पढिएको
डा. केसीले स्थगित गरे अनसन

डडेल्धुरामा अनशनरत् डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन्।

९ दिनदेखि अनशरत् डा. केसीले देशको पछिल्लो परस्थितिको कारण देखाउँदै केही दिनका लागि अनशन स्थगित गरेको बताएका छन्।

‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ डा. केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा  डा. केसीले भारतले नेपाली भूमि मिचेर सार्वजनिक गरेकाे नक्शाले आफू स्तब्ध भएकाे उल्लेख गरेका छन्। ‘भारतले प्रकाशन गरेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको भूभाग भारतमा समेटिएको छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरूको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं।’

डा. केसीले ४ वर्षकी बालिकाको हातबाट जुस पिएर अनसन तोडेका हुन्।

डा. केसी १८ कात्तिकदेखि डडेल्धुरा सदरमुकाममा अनशन थालेका थिए। स्वास्थ्यमा समस्या आएपछि उनलाई २३ कात्तिकदेखि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले सुविधासम्पन्न ठाउँमा लैजान भनेपछि २५ कात्तिकमा नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको थियो । तर, केसीले फर्किन मानेका थिएनन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल