Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

थकाली सभ्यताको उद्गम थलोमा, ‘थकाली संग्राहलय’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४०९ पटक पढिएको
थकाली सभ्यताको उद्गम थलोमा, ‘थकाली संग्राहलय’

ठिनी, मुस्ताङ

मुस्ताङ सदरमुकाम जोमसोमको सिरानमा अवस्थित सानो, झुरुप्प परेको परम्परागत शेलीको वस्ती ठिनी गाउँ, थकाली जातीको आदीभुमि हो ।

ठिनी गाउँ आफैमा थकाली जातिको सभ्यता र संस्कृति अध्ययन गर्ने एउटा खुल्ला संग्राहलय हो । गाउँमा थकाली जातिको जीवनशैली, संस्कृति र इतिहाँस झल्काउने थकाली संग्राहलय खुलेको छ ।

हरेक दिन विहान सूर्य उदाउने र साँझ अस्ताउने निरन्तर क्रमले युग फेरियो । युगले सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतिक संस्कार र संस्कृति आफु अनुकुल बनाउँदै लग्यो । पूर्खाले भोगेको दैनिक रितीथिती, धर्म, संस्कार र संस्कृति भावी पुस्तालाई पनि बुझाउन पूर्खाको चिनो बुटुले र संरक्षण गर्न ठिनी थकाली संग्राहलय खोलेका हुन । संग्राहलयमा बाहृय तथा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

परम्परागत संस्कृति लोपउन्मुख छ ।  पुर्खाका चिनोहरु जोगाउने प्रयत्न गरेका हौं ठिनीगाउँ थकाली समाजका सदस्य रिाजन थकालीले भने, ‘थकाली जातिको सभ्यता नै ठिनी गाउँबाट विस्तार भएको हो त्यसैले थकाली सभ्यतामा चासो राख्नेकालागी पनि संग्राहलय आकर्षणको केन्द्र हो ।

भावी सन्ततीलाई पुर्खाको चिनो चिनाउने उद्देश्यले स्थापना गरिएको थकाली जातिका महिला, पुरुष तथा धार्मिक गुरुले जन्मदेखी मृत्यु संस्कारसम्म प्रयोग गर्ने भांडावर्तन, लत्ताकपडा, गरगहना, कृषी, पशुपालन, हातहतियार समेतका विभिन्न सामाग्रीलाई संग्रह गरिएको छ ।

संग्राहलयमा ६ सय बर्ष अघि तत्कालिन थकाली राजा थोकर चेनले पर्वत राज्यसँगको अन्तिम लडाई गर्दा प्रयोग गरेका बन्दुकहरु समेत राखिएका छन । ठिनी गाउँमा नेपालकै पहिलो थकाली जातिको होमस्टे पनि चलाईएको छ । गाउँमा आएका पर्यटकलाई संग्राहलय निःशुल्क हेर्ने सुविधा छ ।

संग्राहलयमा छुट्टै सांस्कृतिक हल समेत निर्माण गरिएको छ । थकाली साँस्कृतिक हलमा थकाली जातिय भेषभुषा र भाषाका गीतसँगीतमा पाहुनालाई स्वागत गर्ने, जन्ममृत्यु, विवाह, छेवर आदी संस्कारका सामुहिक कार्य सम्पन्न गर्ने गरिएको छ ।

घरपझोङ गाउँपालिका, ५ मा पर्ने ठिनी गाउँका सवै घर परम्परागत मुस्ताङ्गी शैली र सभ्यता नछोडेका माटोले छाएका मुण्डे छन । हिउँ र पानीले माटोको छाना छेउबाट खोलेर चुहिने नहोस भनेर राखिएको दाउरा कालन्तरमा मुस्ताङ्गको तल्लो भेग (थाकखोला)को संस्कृति बनेको हो ।

ठिनी थकाली संग्राहलय थकाली सभ्यता संरक्षण गरिनुकासाथै थकाली संस्कृति बुझ्ने थलो मात्र होईन, यो स्थानिय महिला समुह र ठिनी सामुदायीक होमस्टे सञ्चालनमा पनी महत्वपूर्ण योगदान पुर्‍याएको छ ठिनी थकाली होमस्टेकी सचिव जुमा थकालीले भनिन, ‘ठिनी आएका पाहुनालाई थकाली सभ्यता देखाउने र स्वागत सत्कार गर्ने गतिलो थलो पनि हो ।

ठिनीमा संग्राहलयबाहेक हिउँचितुवा गुफा, ढुम्बाताल, कुछपतेरेङ्गा गुम्बा र घरपझोङ किल्ला थप आकर्षण हुन । स्थानिय घरपझोङ्ग गाउँपालिकाले पनि ठिनी गाउँलाई पर्यटकीय वस्तीको रुपमा पहिचान, प्रर्वदन र संरक्षणमा लागेको छ । ठिनी तिलिचो ताल उक्लने पदमार्गमा पर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल