Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७३ पटक पढिएको
चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे

चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन्। अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४-घण्टे यस सपिङ कार्यक्रमको उद्घाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेकी थिइन्।

चीनमा पछिल्ला वर्षहरुमा “वर्षमा एक दिन” (सिङ्गल्स डे) नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ, र यस दिन चिनियाँ नागरिकले सस्तोमा सामान किन्न पाउँछन्। ई–कमर्श कम्पनी अलिबाबाका अनुसार ६८ सेकेन्डभित्रै १ अर्ब अमेरिकी डलर बराबरको सामान बिक्री गरेको जनाएको छ। अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्सदेखि लत्ताकपडा र घरायासी सामान बिक्री भएका थिए

अलिबाबाले गत वर्षको तुलनामा यसवर्ष ४३ मिनेट अघि नै अलि–पे मार्फत सम्पूर्ण भुक्तानी प्रक्रिया टुङ्ग्याएको जनाएको छ । अलि–पेका अनुसार ६३ मिनेट ५९ सेकेन्डमै १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार गरेर नयाँ रेकर्ड समेत बनेको छ।

अलिबाबाले चीनमा यस किसिमको खरिद दिनको आयोजना गर्न थालेको ११ औं वर्ष पुगेको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनियाँ उपभोक्ताको मनस्थिति बुझ्न पनि यस कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिन्छ ।

चीनको अर्थतन्त्र अहिले मन्दीतर्फ अग्रसर रहेको र अमेरिकासँगको व्यापार युद्ध चलिरहे पनि खुद्रा बिक्रीको अवस्था राम्रो देखिएको छ । एक दिने खरिद अर्थात् “११.११” (नोभेम्बर ११)ं भनिने यस दिनलाई चिनियाँ “अविवाहित” (सिङ्गल्स) को दिन पनि भनिन्छ ।

यस कार्यक्रमका अवसरमा व्यापारिक शहर शाङ्घाईमा विशेष समारोह आयोजना गरिएको थियो । मध्यरातबाट शुरु हुने यस खरिदको शुभारम्भ अमेरिकी ग्रामी अवार्ड बिजेता कलाकार टेलर स्वीफ्टले विशेष समारोहबीच गरेकी थिइन्। गत वर्ष २४ घण्टे यस कार्यक्रममा अलिबाबा प्लेटफर्मबाट मात्र ३० अर्ब ७० करोड बराबरको सामान बिक्री भएको थियो। तर अघिल्लो वर्षको तुलनामा व्यापारमा सामान्य मन्दी आएको छ।

अमेरिकामा सूचीकृत अलिबाबाले यसै महिनाको शुरुमा कम्पनीको बिक्री निकै बलियो देखिएको छ, तर कम्पनीको समग्र वृद्धि भने झण्डै ४० प्रतिशतले घटेको छ। तर यस वर्षको “सिङ्गल्स डे” कार्यक्रम पहिलोपटक अलिबाबाका सहसंस्थापक ज्याक माको अनुपस्थितिमा सम्पन्न भएको थियो। ज्याक माले गत सेप्टेम्बरमा अलिबाबा समूहको नेतृत्वबाट राजिनामा दिएका थिए।

Agency

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल