आज:  | Sat, 02, Jul, 2022

दूतावास अगाडि विद्यार्थीले जलाए भारतीय नक्सा

२२ कार्तिक २०७६, शुक्रबार ०८:२७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । लैनचौरस्थित भारतीय दूतावास अगाडि सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार बिहान विरोध प्रदर्शन गरेको हो । विरोधका क्रममा विद्यार्थीले भारतको नक्सा जलाएका थिए भने लिपुलेक हाम्रो हो भन्दै नारा लगाएका थिए ।