Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

धौलागिरी पदमार्गको अन्तिम वस्तीमा सौर्य प्लान्ट जडान, अँध्यारो मुदी बगरामा भयो झिलिमिली

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३३ पटक पढिएको
धौलागिरी पदमार्गको अन्तिम वस्तीमा सौर्य प्लान्ट जडान, अँध्यारो मुदी बगरामा भयो झिलिमिली

छायाँमा परेको सेतो पर्वत अर्थात धौलागिरी पदमार्गको अन्तीम वस्ती मुदी बगरामा १६ किलोवाट क्षमताको सौर्य उर्जा प्लान्ट जडान भएको छ ।
स्थानीय धौलागिरी गाउँपालिका, सौर्य उर्जामा काम गर्ने संस्था गिभ पावर र समुदायको साझेदारीमासौर्य उर्जा प्लान्ट जडानबाट विधुत उत्पादन गरिएपछि अपहेलित वस्ती बगराका ४२ घर झिलिमिली भएका हुन ।

बगरामा सौर्य प्लान्टबाट विजुली उत्पादन गर्न धौलागिरी गाउँपालिकाको ४० लाख, गिभपावर संस्थाको आर्थिक, भौतिक तथा प्राविधिक समेत ३० लाख र समुदायले ५ लाख मुल्यबरावर सामान ढुवानीमा श्रमदान गरेका छन ।
‘आगामी केही बर्ष केन्द्रीय विजुली पुग्ने कुनै संभावना नरहेको अँध्यारो वस्ती बगराका घरमा अहिले २४ सै घन्टा उज्यालो भएको छ’ गिभ पावरका नेपाल प्रमुख किसोर रिमालले भने, ‘सौर्यप्लान्टले बगराको घरमा मात्र उज्यालो बलेको छैन, बगराबासीको आत्मसम्मानमा पनि उल्यालो छाएको छ । अव उनीहरुको दैनिकीमा परिवर्तन आउने छ ।’
सौर्य उर्जा प्लान्ट जडान भएपछि बगरामा उज्यालोसँगै अन्न पिस्ने सौर्य मिल पनि भित्रिएको छ । वस्तीको पुछारमा म्याग्दी खोला बगेपनि भौगोलिक कठिनाईले पानीघट्ट राख्ने ठाउँ नहुँदा बगराबासी ४ घन्टा हिंडेर छिमेकी खिवाङ्गमा अन्न पिस्न पुग्नु पर्ने बाध्यता थियो ।

‘बर्खा गाउँकै छेउमा बग्ने खहरे खोलामा घट्ट राखेर अन्नपिस्ने गर्थ्यौ तर हिउँदमा भने खोलामा पानी सुक्थ्यो त्यसैले मुदी पुगेर अन्न पिस्थ्यौं वा घरमै जाँतोमा मिस्न बाध्य थियौं’ स्थानीय हरी तिलिजाले भने, ‘सोलार विजुली अव धौलागिरी हिमाल जाने पर्यटकलाई पनि फाईदा पुग्ने छ । पर्यटक बगरामा एक रात बस्नै पर्ने बाध्यता रहेकोले छुट्टै लाईन ब्यवस्था गरेका हौं ।’
बगरा भौगोलिक, आर्थिक, सांस्कृतिक तथा सामाजिक सवै क्षेत्रबाट जिल्लाको अति दुर्गम वस्ती हो । धौलागिरी गाउँपालिका, ४ मुदी अर्न्तगतको एउटा वस्ती बगराबाट सवैभन्दा नजिकको वस्ती खिवाङ वा मुदी पुग्न कम्तीमा ४ घन्टा हिँड्नै पर्छ । तर ०६२/०६३ सालको जनआन्दोलनपछि नेपाली सेना र साविक जिल्ला विकास समितको खर्चमा विष्फोटन गरी पदमार्ग घोडेटो बाटो खुलेपछि बगरासम्म खच्चड पुग्ने गरेका छन ।
केही बर्ष अघिसम्म बगराबासीले ज्यानमारा नाउराको भीरमा बाबियो वा निगालाको डोरीमा झुण्डिएर यात्रा हर्नु पर्ने बाधयता थियो । ०७४ सालमा छुट्टै मतदान केन्द्र तोकिएपछि मात्र बगराबासीले मतदान गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल