- Loading...
पश्चिमी भू-भागमा सामान्य बदली, हल्का वर्षाको सम्भावना
- पुनहिल डट कम
- ५ साल अघि
- १२४ पटक पढिएको
मौसम विश्लेषण) Meteorological Analysis):
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसमको अवस्था )Present Weather Status):
हाल देशको पश्चिमी भू-भागमा साथै मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही १-२ स्थानहरुमा हल्का वर्षा भएको छ। अन्य स्थानहरुमा आंशिक बदलि रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
कार्तिक १८ गते (सोमबार)
राती: देशको पश्चिमि भुभागमा साथै मध्य र पूर्वी पहाडी भुभागमा आंशिक बदली देखि सामान्य बदलि रहि १-२ स्थानहरुमा हल्का बर्षा हुने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ।
कार्तिक १९ गते (मंगलबार)
दिउँसो: देशको मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भुभागमा आंशिक बदलि रहने छ। देशका पूर्वी र मध्य पहाडी भूभागको १/२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशको पहाडी भुभागमा आंशिक बदली र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ।