Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

महरा पुर्पक्षका लागि कारागार चलान

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१८ पटक पढिएको
महरा पुर्पक्षका लागि कारागार चलान

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतमा १७ कात्तिकदेखि शुरू भएको थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको काठमाडाैं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठ जानकारी दिए। उनलाई डिल्लीबजार कारागार लगिनेछ।

काठमाडौंका जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल र हरि रेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सृजना ढकालले महराको विपक्षमा बहस गरेका थिए । पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता लव मैनालीलगायत वकीलहरूले महराको पक्षमा बहस गरेका थिए।

जिल्ला सरकारी वकीलको कार्यालयले महराविरुद्ध जबरजस्ती करणीको उद्योगमा १४ कात्तिकमा मुद्दा दायर गरेको थियो। १५ कात्तिकमा काठमाडौं जिल्ला अदालतमा महराको बयान सकिएपछि थुनछेक बहस शुरू भएको हो । १२ असोज राति महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीको डेरामा पुगेर उनीमाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोग लागेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल