आज:  | Sat, 02, Jul, 2022

पश्चिमी भू-भागमा  सामान्य बदली, हल्का वर्षाको सम्भावना

१८ कार्तिक २०७६, सोमबार १२:२३ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
 

मौसम विश्लेषणMeteorological Analysis):

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पश्चिमी भू-भागमा साथै  मध्य र पूर्वी  पहाडी भुभागमा आंशिक देखि सामान्य बदली  रही  १-२ स्थानहरुमा हल्का वर्षा भएको छ।  अन्य स्थानहरुमा आंशिक बदलि रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक १८ गते (सोमबार)

राती: देशको पश्चिमि भुभागमा साथै  मध्य र पूर्वी  पहाडी भुभागमा आंशिक बदली देखि सामान्य बदलि रहि १-२ स्थानहरुमा हल्का बर्षा हुने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ।

कार्तिक १९ गते (मंगलबार)

दिउँसो: देशको मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भुभागमा आंशिक बदलि रहने छ। देशका पूर्वी र मध्य पहाडी  भूभागको १/२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको  छ ।

राती: देशको पहाडी भुभागमा आंशिक बदली र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ।