- Loading...
नेपालमै पहिलो ‘गौ महोत्सव’ हुँदै
- पुनहिल डट कम
- ५ साल अघि
- २०९ पटक पढिएको

पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मंसिर १९ देखि २६ गतेसम्म नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ हुदै छ ।
जलजला गाउँपालिका–७ स्थित गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाइ संरक्षण गर्न गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गरिएको हो ।
‘कालल्जर पर्वतको फेदीमा आयोजना हुने गौमहोत्सवबाट संकलित रकमबाट गण्डकी गोपाल गौशालाको सुधार तथा स्थानीय गाईं संलक्षणमा खर्च गर्ने योजना छ’ महोत्सव मुल आयोजनाका अध्यक्ष राजु आचार्यले भने, ‘नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको गौमहोत्सवले कालञ्जर पर्वत क्षेत्रको धार्मिक महत्व र प्रचारप्रसार समेत हुने छ ।’
वडा नम्बर ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाइ संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।
स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।
गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब जगन्नाथ आचार्यले जानकारी दिए । महायज्ञमा करिब ५ करोडबढी आर्थिक संकलन गर्ने लक्ष्य लिईएको छ ।
महायज्ञ अवधिभर स्वामी कमलनयनाचार्य संगै पण्डित सुनर्शन बरालको कथा बाचन र प्रवचन रहनेछ । जलजला गाउँपालिका र कुश्मा नगरपालिकाले संयोजन गरेको महायज्ञमा रु ५ हजार ५ सय ५५ भन्दा बढी सहयोग दिने दाताहरुलाई आयोजक घोषणा गरिने प्रस्ताब गरिएको छ भने महोत्सव अवधिभर १ हजार बढीलाई आयोजक सदस्य बनाउने लक्ष्य लिइएको आयोजक समितिका बरिष्ठ उपाध्यक्ष डण्डपाणी रिजालले जानकारी दिए । अहिलेसम्म ४ सय जनाले आयोजक सदस्य बनेका छन् ।
विराट् ज्ञानमहायज्ञ एवम गौमहोत्सवले गाईको महत्व बढाउने र गौशालाको पुर्वाधार विकाससंगै म्याग्दीको भुरुङतातोपानी देखि पर्वतको जलजला, हम्पाल हुँदै पातिचौर सम्मको क्षेत्रलाई समेटिएको कालञ्जर पर्वतको ऐतिहाँसिक महत्व र सम्भावना उजागरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउन गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिको रुपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ ।
गाईको धार्मिक र पर्यावरणीय महत्व छ । हिन्दुहरुले लक्ष्मीको रुपमा गाईलाई पुजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षि, राजर्षिहरुले शक्ति, सौभाग्य प्राप्त गरेको प्रसंगहरु पुराणमा उल्लेख छ । गाईबाट प्राप्त हुने पञ्चतत्व दुध, दही, घ्यू, गोवर र गहुँतको धार्मिक महत्व संगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ ।
गाइको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यहरुका लागि बिक्री गर्ने र गोबरलाई प्राङ्गारिक मलको रुपमा उपयोग गर्ने योजना बनाइएको आयोजक समितिका आर्थिक संयोजक समेत रहेका बरिष्ट उपाध्यक्ष डण्डपाणी रिजालले जानकारी दिए । महायज्ञमा गाईको महत्व र फाइदाका विषयमा धार्मिक प्रवचन संगै गाई पूजा, गौदान भजन कृतन समेत प्रस्तुत गरिनेछ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
