आज:  | Fri, 01, Jul, 2022

वीममा बस दुर्घटनाहुँदा चार यात्रुको घट्नास्थलमै मृत्यु

१७ कार्तिक २०७६, आईतवार १४:१६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
जिल्लाको पश्चिम मालिका गाउँपालिका, ७ विममा साँझ ६ः१५ बजे ग १ ज ४४७६ नम्बरको मिनी माईक्रो बस सडकबाट तल खस्दा सवार ४ यात्रुको घट्नास्थलमा मृत्यु भएको छ । घट्नास्थल पुगेकी मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुका अनुसार ४ जनाको मृत्यु भएपनि पहिचान भैसकेको छैन । १५ जना घाईतेलाई प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ्ग पुर्‍याईएको छ । अँध्यारो समय र अप्ठ्यारो भीरमा बस अड्केकोले घाईतेको संख्या यकिन भैसकेको छैन । घट्नास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरवाङ्गका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद पाण्डेका अनुसार मालिका गाउँपालिका केन्द्र दरवाङ्गबाट यात्रु लिएर गएको स्थानीय रुटमा चल्ने उक्त वस साँझ विमको घुम्तीमा टर्निङ नपुग्दा बस सडकदेखी खसेको हो । ‘हामी उद्धारमै छौं । मृतकको विवरण संकलन गर्न अझै भ्याईएको छैन । घट्नास्थलमा मृतकको संख्या खुलेपनि घाईतेको संख्या र अवस्था अझै पत्तो छैन’ घट्नास्थल रहेका प्रहरी निरिक्षक राम्रप्रसाद पाण्डेले भने, ‘अँध्यारो र अप्ठ्यारो भएकोले समस्या भैरहेको छ ।’