FLASH NEWS
  • Loading...

म्याग्दीमा सांसद कोषका योजना र बजेट सार्वजनिक

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९८ पटक पढिएको
म्याग्दीमा सांसद कोषका योजना र बजेट सार्वजनिक

संघिय तथा प्रदेश सभाका साँसदले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अर्न्तगत संञ्चालन गरिने योजनामा बजेट विनियोजन गरी  सार्वजनिक गरेका छन ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम तथा स्थानीय पूर्वाधार साझेदार विकास कार्यक्रम छनौट गर्दा संघिय साँसदको संयोजकत्वमा सम्बन्धीत प्रदेश सभाका साँसदहरु, जिल्ला समवन्यय अधिकारी सदस्य सचिव भै योजना छनौट गर्ने प्राब्धान छ । तर जिल्लामा सम्बन्धीत साँसद आवद्ध पार्टीले योजना छनौट गर्ने प्रचलन छ । यसरी छनौट भएका योजना भने सम्बधित स्थानिय तहले कार्यान्वयन गर्नु पर्छ ।

संघिय साँदर भुपेन्द्रबहादुर थापाले स्थानीय पूर्वाधार साझेदार विकास कार्यक्रम तथा साँसदमार्फत खर्च गरिने निर्वाचन क्षेत्र विकास कोषबाट अन्नपूर्ण, रघुगंगा र मंगला गाउँपालिकालाई ४–४ वटा योजना संञ्चालन गर्न ८५–८५ लाख, मालिका र धौलागिरी गापालाई ४–३ वटा योजनाकालागी १–१ करोड र बेनी नगरपालिकालाई ७ वटा योजनाकालागी १ करोड ४५ लाख बजेट विनियोजन गरेका छन । सांसद थापाले १६ वटा सडक, ३ खेलमैदान, १ संग्राहलय, सभाहल १ र अन्य ३ वटा योजना छनौट गरेका छन ।

‘स्थानीय समुदाय र स्थानीय सरकारको मागका आधारमा योजना छनौट गरी बजेट बाँडफाँड गरेका छौं । हामी गुपचुप र राजनैतिक आस्थाको आधारमा योजना छनौट हुँदैनन/गरेका छैनौं’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘राज्यको बजेट हामी मार्फत वितरण भएको मात्र हो । विकासमा राजनितिकरण गर्नु हुँदैन ।’

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री तथा म्याग्दी प्रदेश निर्वाचन क्षेत्र ख कि सांसद नरदेवी पुनले मंगला गाउँपालिकामा विभिन्न १० वटा, मालिका गापामा ७ र धौलागिरी गापामा ४ वटा योजनाहरु संञ्चालन गर्न ६५–६५ लाखका दरले बजेट विनियोजित गरेकी छिन । पुनले छनौट गरेका योजनामा अधिकांश सडक, विद्यालय, खेदमैदान र सामुदायीक भवन छन ।

त्यसैगरी म्याग्दी प्रदेश निर्वाचन क्षेत्र क का सांसद विनोद केसीले पनि आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरिने निर्वाचन क्षेत्र विकास कोषको रकम विभिन्न योजनामा बाँडफाँड गरेका छन । सांसद केसीले अन्नपूर्ण गाउँपालिकामा विभिन्न १० योजना संञ्चालन गर्न ६४ लाख, रघुगंगा गाउँपालिका गापामा ६० लाख र बेनी नगरपालिकामा योजना संञ्चालन गर्न ७६ लाख रुपैयाँ विनियोजित बजेट सिलिङ सार्वजनिक गरेका छन । सांसद केसीका योजनामा पनि सडकले पहिलो प्राथमिकता पाएको छ । सडकका १०, बेनी खुल्ला मञ्च समेत खेलमैदान ३, खानेपानी योजना ५ वटा, पदमार्ग १ र अन्य ३ योजना छन ।

‘सम्बन्धीत माननियको नामबाट कोषको रकम जिल्लामा प्राप्त भएपनि पार्टीले मागको आधारमा बजेट वितरण गरेका छौं’ नेकपाका सचिव हरीकृष्ण श्रेष्ठले भने, ‘ नगरपालिका/गाउँपालिकाबाट मागका आधारमा योजना छनौट गरी सिफारिस गर्ने र  पार्टीले योजना छनौट गर्ने भएकोले साँसदहरको ब्यक्तिगत इच्छाले योजना प्रभावित हुँदैनन र म्याग्दीमा साँसद विकास कोषको रकम दुरुपयोग भएको छैन ।’