FLASH NEWS
  • Loading...

म्याग्दी रुममा जीप दुर्घटनामा दुई जनाको मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४४ पटक पढिएको
म्याग्दी रुममा जीप दुर्घटनामा दुई जनाको मृत्यु

मालिका गाउँपालिका, २ रुमको ताक्सेमा ध १ ज ५९५ नम्बरको यात्रुबाहक वोलेरो जीप दुर्घटनाहुँदा सवार दुर्इृ जना यात्रुको घट्नास्थलमा मृत्यु भएको छ । प्रहरी निरिक्षक ध्रुव शर्माका अनुसार दुर्घटनामापरि स्थानीय २२ बर्षिय सपबहादुर पाईजा र अन्दाजी ४० बर्षका चन्द्रबहादुर पुनको घट्नास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाईते १५ जना यात्रु दरवाङ्ग स्थित प्राथमिक श्वास्थ केन्द्रमा सामान्य उपचारपछि घर फर्केका छन ।
सीट क्षमता भन्दा दोव्बर बढी १७ जना यात्रु बोकेर मालिका गापा केन्द्र दरवाङ्गबजारबाट रुमका जाँदै गएको जीप उकालो कच्ची सडकमा तान्न नसक्दा पछि सर्दै पल्टेको हो । जीप सडकमै पल्टेपनि छतमा बसेका यात्रु उछिट्टिएर तल रुम खोलामा पुग्दा मृत्यु भएको हो ।

photo सन्तोष सुबेदी