Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

निर्मल पुर्जासहित नेपाली आरोहीलाई भव्य स्वागत

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ५५३ पटक पढिएको
निर्मल पुर्जासहित नेपाली आरोहीलाई भव्य स्वागत

८ हजारभन्दा अग्ला १४ हिमाल ६ महिना ६ दिन अवधिमा  आरोहण गरी विश्व किर्तीमान कायम गरेका निर्मल पुर्जासहितका नेपाली आरोहीहलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
विमानस्थल ओर्लिएका निर्मल र उनका टिमका मिङ्मा ग्याबु शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङलाई पञ्चेबाजा, नेपाल प्रहरीको ब्यान्ड बाजासहित स्वागत गरिएको हो ।

चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो शिशापाङ्मा हिमाल २९ अक्टोवर २०१९ को विहान स्थानीय समय अनुसार ८ः ५८ बजे आरोहण गरी निर्मल पुर्जा ‘निम्स’ले विश्व रेकर्ड तोडेका छन । २३ अप्रिलमा अन्नपूर्ण आरोहणगरी ‘प्रोजेक्ट पोसिवल १४/७’ अभियानमा निक्लेका पुर्जाले २९ अक्टोवरमा शिशापाङ्मा आरोहणगरी पुरा गरेका हुन । पुर्जाले संसारका ८ हजार मिटर भन्दा अग्ला सवै १४ हिमाल १ सय ८९ दिन (६ महिना ६ दिन) भित्र आरोहण गरी कोरियाका पर्वतारोही किम च्याङ हो को नाममा रहेको ७ बर्ष १० महिना ६ दिनको रेकर्ड तोडेका हुन ।

‘मानसिक रुपमा सकरात्मक, काममा कटिवद्ध रहे जीवनमा सवै काम संभव छ’ आरोहण सफलतापछि ट्वीट गरेपछि छुट्टै ट्वीटमा लेखेका छन, ‘मिसन सफल भयो ।’
अन्य १३ वटा हिमाल आरोहण गरेपछि आरोहि पुर्जाकालागी नेपाल सरकारको विशेष पहल र अनुरोधमा चीन सरकारले प्रतिवन्धीत शिशापाङ्मा हिमाल आरोहण अनुमति दिएको हो । संसारका ८ हजार भन्दा अग्ला हिमालहरु सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, धवलागिरी, नाङ्गगा पहाड, अन्नपूर्ण प्रथम, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो, शिशापङगामा छन । यी मध्य ८ नेपालमा र बाँकी पाकिस्तान र चीनमा पर्छन ।

निर्मलले हिमाल आरोहणमा धेरै विश्व किर्तिमान राखेका छन । ५ दिनमै ८ हजार मिटर अग्ला सगरमाथा, ल्होत्से, र मकालु चढेर विश्व किर्तिमान राखेका पुर्जाले सगरमाथादेखी ल्होत्से आरोहण १० घन्टा १५ मिनेटमा पुरागरी अर्को रेकर्ड राखे । यस अघि यो २० घन्टाको रेकर्ड तोडेका हुन । छुट्टै १७ दिनमा सगरमाथा दुई पटक, ल्होत्से र मकालु एक–एक पटक चढेको रेकर्ड पनि पुर्जाको नाममा छ ।

को हुन निर्मल पुर्जा ?
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दाना गाउँमा जन्मेका निर्मल (३६) बाबु नन्दबहादुर र आमा पूर्णकुमारी पुर्जाको चार छोरा १ छोरीमध्य कान्छा हुन । २ बर्षको उमेरमा भारतिय सेनाका लाहुरे बाबुसँगै चितवनको रत्ननगर बसाई सरेका पुर्जाले नारायणघाट स्थित स्मल हेभेन स्कुलबाट एसएलसी उत्तिर्ण गरेका हुन ।
निर्मलका दाई जेठा गंगा र साईला कमल पुर्जा पनि बेलायती सेनाका लाहुरे हुन । माईला दाई जीत पुर्जा भने पुख्यौली थलो, दानाको ज्ञानप्रकाश माविमा शिक्षक छन । दिदी अनिता अष्ट्रेलियामा डाक्टर छिन । श्रीमति सूचि पुर्जा बेलायतमै बसोबास गर्छिन । निर्मल सेवा निवृत्त भएपछि आमाबाबुसँग चितवनको रत्ननगरमै बस्छन ।

१४ वटै ८ हजार अग्ला हिमाल चढेको खवरले खुसी भएकी आमा पूर्णकुमारी र माईली भाउजु कुलमायाँ निर्मललाई लिन वुधवार विहान तिब्बतको शिशापाङ्मा हिमालको वेस क्याम्प पुगे ।
‘वेलायती सेनामा सवैभन्दा बढी तलव खाने गोर्खामध्यका भाईले जागिर छोडेर हिमाल चढ्न हिंड्ने निर्णयले हामी अक्मकिएका थियौं तर भाईको हिमाल आरोहणमा विश्व रेकर्ड तोडेको खवरले औधी खुशी छौं’ चितवन घरबाट कार्यस्थल विद्यालय फर्कदै गरेका माईला दाई जीत पुर्जाले भने, ‘भाईलाई लिन आमा उहीं तिब्बत स्थित हिमालको वेस क्याम्प पुग्नु भा छ । आज नेपाल फर्कने कार्यक्रम छ ।’

सन २००३ मा म्याग्दीको दोवाबाट गल्लाले छनौटगरी पोखरा क्याम्पमा अन्तिम छनौटभै व्रिटिश सेनामा प्रवेश गरेका पुर्जा २०१९ को सुरुबाट सेवा छोडेर आरोहणमा लागेका हुन । उनी २००९ देखी ‘युके स्पेशल फोर्स कार्यरत रहे । वेलायति सेनामै रहँदा सन २०१२ देखी हिमाल आरोहण सुरु गरेका पुर्जाले तीन पटक सर्वोच्च शिखर सगरमाथा, लोत्से, मकालु र धवलागिरी हिमाल चढी सकेका छन । पुर्जा सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ व्रिटिश गोर्खा पनि हुन । पुर्जा व्रिटिश गोर्खा सैनिकमा स्पेशल फोर्समा भएको कारण हिमाल आरोहणका समाचार बाहिर आएका थिएनन ।

‘प्रोजेक्ट पोसिवल १४/७’ अभियानमा निर्मल पुर्जाले आरोहण गरेका हिमाल र आरोहण मिती ः
अन्नपूर्ण (८०९१मी.) – २३ अप्रिल २०१९, धौलागिरी (८१६७ मी)– १२ मे,  कन्चनजंगा (८५८६ मी)– १५ मे, ल्होत्से (८५१६ मी)– २२ मे, सगरमाथा (८८४८मी.)– २२ मे, मकालु (८४८५ मी)– २४ मे, नगा पर्वत (८१२५मी)–३ जुलाई, ग्रेसरव्रुम पहिलो(८०८०मी)– १५ जुलाई,  ग्रेसरव्रमु दोस्रो (८०३५ मी) – १९ जुलाई, माउण्ट के टु (८६१८ मी) – २४ जुलाई, ब्रोड पिक (८०५१ मी)– २६ जुलाई, चो ओयु (८२०१ मी)– २३ सेप्टेम्बर, मनास्लु (८१६३ मी)– २७ सेप्टेम्बर, शिशा पङ्गमा (८०२७ मी) – २९ अक्टुवर २०१९ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल