- Loading...
इन्टरनेटले जो कोहीलाई जोड्न सक्ने
- पुनहिल डट कम
- ५ साल अघि
- २४८ पटक पढिएको

चीनमा भएको छैठौं विश्व इन्टरनेट सम्मेलनका केही सहभागीहरुले निरक्षर बाहुल्य दुर्गम क्षेत्रमा इन्टरनेटको आवश्यकतालाई कम आँकेका छन् । विकसित देशबाट सहभागी हुन आएका प्रतिनिधिहरूले नै भने, ‘दुर्गममा किन चाहियो इन्टरनेट ?
धेरैजसो निरक्षर हुने ठाउँमा यसबाट के फाइदा हुन्छ र?’ सहभागीहरूले पिछडिएका मुलुकप्रति लक्षित गर्दै जहाँका मान्छेहरुलाई कम्प्युटर र इन्टरनेटको जानकारी नै छैन, त्यहाँ इन्टरनेट लगेर फाइदा नहुने तर्क गरेका थिए।
सम्मेलनमा एक प्रमुख वक्ताका रुपमा आमन्त्रित नेपालको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले पढेलेखेकै र प्रविधिले उन्नत मुलुकका प्रतिनिधिहरुबाट यस्तो प्रतिप्रश्न सुनेर आफू छक्क परेको बताए।
उनले कन्फ्रेन्सको प्यानल बहसमा भाग लिँदै दुर्गममा शिक्षा, स्वास्थ्य, बैंकिङ, तालिम इत्यादि सञ्चालन गर्न सकिने भएकाले इन्टनेटका धेरै फाइदाहरु प्रस्तुत गरेको बताए। उनले भने, ‘टेलिमेडिसिनबाट स्वास्थ्य सेवा दिन, रेमिट्यान्स खोलेर ई-बैंकिङ सेवा लिन, शहरबाट ग्रामीण भेगका वासिन्दासमक्ष तालिम उपलब्ध गराउन इन्टरनेटले ठूलो काम गर्छ।’ उनले सहरमा बस्ने वा गाउँमा बस्ने जो कोहीलाई इन्टरनेटले जोड्नसक्ने र विकासमा तीव्र फड्को मार्न सकिने सुनाए।
अक्टोबर २० देखि तीन दिनसम्म चलेको सम्मेलनमा विभिन्न ८० वटा मुलुक तथा क्षेत्रबाट १५ सय भन्दा बढी सहभागिहरु जम्मा भएका थिए। सम्मेलनमा आफ्नो भाषण राख्दै पुनले नेपालजस्ता कम विकसित मुलुकमा साइबर सुरक्षाको अवस्थाबारे बताए। उनले गाउँघरमा मात्रै नभएर सहरी क्षेत्रका इन्टरनेट प्रयोगकर्ताहरूमा पनि भाइरस, स्पाम लगायत इन्टरनेटका अन्य विविध तरीकाबाट के कस्तो सुरक्षा खतरा हुन्छ भन्नेबारेमा सतर्कता कम रहेकोतर्फ ध्यानाकर्षण गराए।
महावीरको अन्तर्क्रिया
ताररहित इन्टरनेटमार्फत् जनचेतना फैलाएर अन्तर्राष्ट्रिय ख्याति कमाएका वैज्ञानिक महावीर पुन चीनमा इन्टरनेट सम्बन्धी अतिरिक्त अन्तर्क्रियाहरूमा पनि सक्रिय भएका छन्। विश्वमा इन्टरनेट स्थापनाको आधा शतक पुगेको उपलक्ष्यमा चच्याङ प्रान्तमा आयोजित विश्व इन्टरनेट सम्मेलनमा सहभागी भैसकेपछि उनी शाङ्हाई नगर र क्वाङ्तोङ् प्रान्तका दुई शहरमा पुगेर त्यहाँस्थित नेपालीहरू र चिनियाँ कम्पनीहरूसँगको अन्तर्क्रियामा जुटेका हुन्।
सम्मेलन सकिएलगत्तै उनी २३ र २४ तारिख शाङ्हाईस्थित नेपालीहरूसँगको अन्तर्क्रियामा जुटेका थिए। उनले कान्तिपुरसँग भने, ‘कतिले आविष्कार केन्द्रको बारेमा सुनेका पनि रहेनछन्, यसबारेमा जानकारी दिइरहेको छु।’
केन्द्रले अहिले गरिरहेका कामहरू र भविष्यका योजनाबारे अपडेट गराएको उनले बताए। चीनमा धेरै प्राविधिक विकास देखेका नेपाली युवाहरूले नेपालमा पनि यस्तै किसिमको ‘इनोभेसन’ गर्नुपर्ने सुझाव दिएका छन्।
क्वाङतोङ प्रान्तका शनचन र क्वाङ्चौ सहर शाङ्हाइजस्तै प्राविधिक रूपमा सम्पन्न व्यापारिक क्षेत्र मानिन्छन्। २५ तारिखदेखि क्वाङतोङमा रहेका उनले शनचनमा केही चिनियाँ निजी कम्पनीहरूसँग पनि अन्तर्क्रिया गरेको त्यहाँ कार्यरत लक्ष्मी तामाङले जानकारी दिइन्।
चिनियाँहरूसँगको छलफलमा प्रविधिको प्रयोग गरेर कसरी उद्यमशीलता विकास गर्ने भन्नेबारे धारणा लिइरहेको पुनले सुनाए। उनले भने, ‘चिनियाँहरू उद्यमी बन्ने कुरामा निकै सक्रिय छन्। नेपालीहरू उद्यमी नबनेसम्म आर्थिक फड्को मार्न सकिँदैन। चिनियाँ कम्पनीसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर बुझिरहेको छु।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
