मुस्ताङ्गका बालुवा पहाडमा मौलाउँदै तरकारी खेती

९ कार्तिक २०७६, शनिबार ११:११ मा प्रकाशित (8 महिना अघि)
पुनहिल संवाददाता

लोमन्थाङ्ग ।
कुनै जमाना थियो, उपलल्लो भेगका मुस्ताङ्गहरु जाडो छल्न बैंशी झरेको बेला मात्र काउली, बन्दा, टमाटर, काँक्रा जस्ता तरकारी देख्न र खान पाउँथे । हिउँदका जाडो सकिएपछि खाद्यान्नसँगै १५२० दिनसम्म लगाएर तरकारी बोकेरै लैजान्थे ।
मौसम र तापक्रमको सन्तुलन मिलाएर गरिने (हरित गृह) खेती प्रणालीलाई उपल्लो मुस्ताङ्गमा भित्रिएपछि अवस्था फेरिएको छ । आलु बाहेक अन्य तरकारी यो क्षेत्रमा फल्दैनथ्यो । तर उपल्लो भेगका मुस्ताङ्गीको भान्सा नै फेरिएको छ । छायाँ वृष्टी हुने सुख्खा तर चिसो हावापानी भएको बालुवाले ढाकेका फुस्रा पहाडहरु विचमा अवस्थित लो मन्थाङ र वरपरका वस्तीमा प्लास्टिको घर (हरित गृह) भित्र गरिने तरकारी खेती प्रभावकारी बनेको छ ।

हावापानी तथा वातावरणीय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकुल बनाउने प्लास्टिको घर प्रतिकुल मौषम (चिसो हावापानी) भएका मुस्ताङ्गको उपल्लो क्षेत्रमा सवैभन्दा प्रभावकारी बनेको हो । प्लास्टिक घरमा जलवायु अनुकुलन बनाई तरकारी खेती शुरु गरिएपछि परम्परागत खेती प्रणालीमा उथलपुथल नै भएको छ । बैंशीका वस्तीमा मात्र देखेका काउली, ब्रो काउली, बन्दा, टमाटर, काँक्रो, मुला, जुकेनी, गाजर आदी तरकारी हिजोआज बर्षको अधिकांश महिना हिउँले छोप्ने उपल्लो मुस्ताङ्गका बालुवाका पहाडमा लटरम्म फलेका छन ।
प्लास्टिक घरमा तरकारी खेती हाम्रालागी वरदान नै भएको छ । हाम्रो दैनिक भान्साको परिकार नै फेरिएको छलोमन्थाङ्गका ६६ बर्षिय फेङ्दो गुरुङ्गले भने, ‘आफ्नै वारीमा यस्ता हरिया तरकारी फल्ला र खाउँला भन्ने सपना पनि देखेको थिईन । आज छक्क परेको छु ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), साविकको कृषी विकास कार्यालयले ६ बर्षअघि उपल्लो मुस्ताङ्गमा भित्राएका हुन । प्लास्टिक घर (ग्रिनहाउस)मा तरकारी खेतीगर्न थालेको तीन बर्षमै उपल्लो भेगका चराङ्ग, घमी, लोमन्थाङ्ग, छोसेरमा उत्पादन भएका तरकारी स्थानीयको भान्सामा मात्र होईन पर्यटकको जिव्रोमा पनि पुग्न थालेको छ ।
लोमन्थाङ, चराङ, घमी, छोसेर लगाएतका वस्तीमा अहिले प्लाष्टिकका टनेल भित्र लोभलाग्दो गरी लटरम्म टमाटर समेतको तरकारी फस्टाएको छ । प्लाष्टिक घर सुरुमा बनाउन महंगो भएपनि ६७ बर्ष टिक्छ । गाउँपालिका र एक्यापले अनुदान दिने गरेका छन ।
हिमालपारीको जिल्लामुस्ताङ्गका किसानहरु टनेल प्रविधीको खेती तर्फ आकर्षित भएका छन । मोटरबाटो सँगै उपल्लो मुस्ताङ्गमा प्लास्टिकका टनेल बनाएर त्यसैभित्र तरकारी खेती गर्ने प्रविधीले भित्रिएपछि दैनिक जीवनमा समेत ब्यापक परिवर्तन आउन थालेको छ । उपल्लो मुस्ताङ्गका हरेक वस्तीका कृषकले प्लाष्टिक घरमा तरकारी खेती गरेका छन । पलाष्टिक घरमा मात्र होईन जलवायु परिवर्तनले तापक्रम बढेपछि उपल्लो मुस्ताङ्ग वारीमै पनि रायो, गोपी र मुलाको खेती हुन थालेको छ ।

मोटरबाटोको पहुँचसँगै उपल्लो मुस्ताङ्गमा कृषी सभ्यता पनि भित्रिएको छ । जलवायु परिवर्तनसँगै अनुकुलनहुन बेंशीमा फल्ने तरकारी खेती तर्फ आर्कषित गरीरहेका छौंसाविक चराङ्ग गाविसकी पूर्व अध्यक्ष मायाँ विष्टले भनिन्, ‘मुस्ताङ्गमा कहिल्यै खेती नहुने र अक्सर मुस्ताङ्गी नदेखेको तरकारीहरु रायो, गाजर, काउली र बन्दा, टमाटर, काँक्रा जस्ता तरकारी भान्सामा आई पुगेको छ ।
टनेल राखेपछि धेरै चिसो, हिउँ, तुसारोबाट तरकारीलाई जोगाउन सकिन्छ । बारीलाई बाहृैमास तरकारी खेतीको अनुकुल बनाई राख्न टनेलको ठूलो भुमिका छ । मुस्ताङ्ग जस्तो हिमाली जिल्लामा प्लाष्टिक टनेलको महत्व बढी भएको हो । बढी उचाई भएको सुख्खा र कम पानी पर्ने मरुभूमिमा कम उचाई भएका क्षेत्रमा मात्र फल्ने तरकारी फलाउनु मात्र सफलता मात्र होईन गाउँलेका आर्थिक जीवनमा समेत सहज भएको छ ।
हिजो जस्तै लाग्छ । बालबच्चा सहित घरका घोडाहरु धपाउँदै बेंशीका वस्तीमा पुगेर टमाटर राखेको काउलीको तरकारी खाँदा के के नै खाए जस्तो लाग्थ्यो । तर अहिले आफ्नै बारीमा फल्न थालेको छ । खेती गर्न नजानेर हामीले दुख पाएका रहेछौंछोसेरकी कृषक लक्ष्मी गुरुङ्गले भनिन्, ‘यता भर्खरैबाट मात्र टनेलमा तरकारी उत्पादन शुरु गरेका छौं । केही बर्षभित्र उपल्लो मुस्ताङ्गको चिसो हावापानीमा उत्पादित अर्गानिक तरकारी बेंशीका शहरमा पठाउने लक्ष्य लिएका छौं ।
कात्तिकचैतसम्म बाक्लो हिउँले ढाक्नेहुँदा फागुनअसोज मात्र खेतिपातीको समय हो । बर्खायाम भएपनि मुस्ताङ्गमा पानी नपर्ने भएकोले यो सिजन खेतीपातीको उपयुक्त सिजन हो । टनेलमा गरिने तरकारी खेती छिटो प्रतिफल दिने भएकोले बढी उपयोगी भएको छ । अहिले उत्पादन भएको टमाटरसमेतका तरकारी हिउँदमा त्यही टनेलमा कोल्डस्टोरको रुपमा प्रयोग हुन्छ ।