- Loading...
मुस्ताङ्गका बालुवा पहाडमा मौलाउँदै तरकारी खेती
- पुनहिल डट कम
- ५ साल अघि
- २७४ पटक पढिएको

लोमन्थाङ्ग ।
कुनै जमाना थियो, उपलल्लो भेगका मुस्ताङ्गहरु जाडो छल्न बैंशी झरेको बेला मात्र काउली, बन्दा, टमाटर, काँक्रा जस्ता तरकारी देख्न र खान पाउँथे । हिउँदका जाडो सकिएपछि खाद्यान्नसँगै १५–२० दिनसम्म लगाएर तरकारी बोकेरै लैजान्थे ।
मौसम र तापक्रमको सन्तुलन मिलाएर गरिने (हरित गृह) खेती प्रणालीलाई उपल्लो मुस्ताङ्गमा भित्रिएपछि अवस्था फेरिएको छ । आलु बाहेक अन्य तरकारी यो क्षेत्रमा फल्दैनथ्यो । तर उपल्लो भेगका मुस्ताङ्गीको भान्सा नै फेरिएको छ । छायाँ वृष्टी हुने सुख्खा तर चिसो हावापानी भएको बालुवाले ढाकेका फुस्रा पहाडहरु विचमा अवस्थित लो मन्थाङ र वरपरका वस्तीमा प्लास्टिको घर (हरित गृह) भित्र गरिने तरकारी खेती प्रभावकारी बनेको छ ।
हावापानी तथा वातावरणीय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकुल बनाउने प्लास्टिको घर प्रतिकुल मौषम (चिसो हावापानी) भएका मुस्ताङ्गको उपल्लो क्षेत्रमा सवैभन्दा प्रभावकारी बनेको हो । प्लास्टिक घरमा जलवायु अनुकुलन बनाई तरकारी खेती शुरु गरिएपछि परम्परागत खेती प्रणालीमा उथलपुथल नै भएको छ । बैंशीका वस्तीमा मात्र देखेका काउली, ब्रो काउली, बन्दा, टमाटर, काँक्रो, मुला, जुकेनी, गाजर आदी तरकारी हिजोआज बर्षको अधिकांश महिना हिउँले छोप्ने उपल्लो मुस्ताङ्गका बालुवाका पहाडमा लटरम्म फलेका छन ।
‘प्लास्टिक घरमा तरकारी खेती हाम्रालागी वरदान नै भएको छ । हाम्रो दैनिक भान्साको परिकार नै फेरिएको छ’ लोमन्थाङ्गका ६६ बर्षिय फेङ्दो गुरुङ्गले भने, ‘आफ्नै वारीमा यस्ता हरिया तरकारी फल्ला र खाउँला भन्ने सपना पनि देखेको थिईन । आज छक्क परेको छु ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), साविकको कृषी विकास कार्यालयले ६ बर्षअघि उपल्लो मुस्ताङ्गमा भित्राएका हुन । प्लास्टिक घर (ग्रिनहाउस)मा तरकारी खेतीगर्न थालेको तीन बर्षमै उपल्लो भेगका चराङ्ग, घमी, लोमन्थाङ्ग, छोसेरमा उत्पादन भएका तरकारी स्थानीयको भान्सामा मात्र होईन पर्यटकको जिव्रोमा पनि पुग्न थालेको छ ।
लोमन्थाङ, चराङ, घमी, छोसेर लगाएतका वस्तीमा अहिले प्लाष्टिकका टनेल भित्र लोभलाग्दो गरी लटरम्म टमाटर समेतको तरकारी फस्टाएको छ । प्लाष्टिक घर सुरुमा बनाउन महंगो भएपनि ६–७ बर्ष टिक्छ । गाउँपालिका र एक्यापले अनुदान दिने गरेका छन ।
हिमालपारीको जिल्लामुस्ताङ्गका किसानहरु टनेल प्रविधीको खेती तर्फ आकर्षित भएका छन । मोटरबाटो सँगै उपल्लो मुस्ताङ्गमा प्लास्टिकका टनेल बनाएर त्यसैभित्र तरकारी खेती गर्ने प्रविधीले भित्रिएपछि दैनिक जीवनमा समेत ब्यापक परिवर्तन आउन थालेको छ । उपल्लो मुस्ताङ्गका हरेक वस्तीका कृषकले प्लाष्टिक घरमा तरकारी खेती गरेका छन । पलाष्टिक घरमा मात्र होईन जलवायु परिवर्तनले तापक्रम बढेपछि उपल्लो मुस्ताङ्ग वारीमै पनि रायो, गोपी र मुलाको खेती हुन थालेको छ ।
‘मोटरबाटोको पहुँचसँगै उपल्लो मुस्ताङ्गमा कृषी सभ्यता पनि भित्रिएको छ । जलवायु परिवर्तनसँगै अनुकुलनहुन बेंशीमा फल्ने तरकारी खेती तर्फ आर्कषित गरीरहेका छौं’ साविक चराङ्ग गाविसकी पूर्व अध्यक्ष मायाँ विष्टले भनिन्, ‘मुस्ताङ्गमा कहिल्यै खेती नहुने र अक्सर मुस्ताङ्गी नदेखेको तरकारीहरु रायो, गाजर, काउली र बन्दा, टमाटर, काँक्रा जस्ता तरकारी भान्सामा आई पुगेको छ ।’
टनेल राखेपछि धेरै चिसो, हिउँ, तुसारोबाट तरकारीलाई जोगाउन सकिन्छ । बारीलाई बाहृैमास तरकारी खेतीको अनुकुल बनाई राख्न टनेलको ठूलो भुमिका छ । मुस्ताङ्ग जस्तो हिमाली जिल्लामा प्लाष्टिक टनेलको महत्व बढी भएको हो । बढी उचाई भएको सुख्खा र कम पानी पर्ने मरुभूमिमा कम उचाई भएका क्षेत्रमा मात्र फल्ने तरकारी फलाउनु मात्र सफलता मात्र होईन गाउँलेका आर्थिक जीवनमा समेत सहज भएको छ ।
‘हिजो जस्तै लाग्छ । बालबच्चा सहित घरका घोडाहरु धपाउँदै बेंशीका वस्तीमा पुगेर टमाटर राखेको काउलीको तरकारी खाँदा के के नै खाए जस्तो लाग्थ्यो । तर अहिले आफ्नै बारीमा फल्न थालेको छ । खेती गर्न नजानेर हामीले दुख पाएका रहेछौं’ छोसेरकी कृषक लक्ष्मी गुरुङ्गले भनिन्, ‘यता भर्खरैबाट मात्र टनेलमा तरकारी उत्पादन शुरु गरेका छौं । केही बर्षभित्र उपल्लो मुस्ताङ्गको चिसो हावापानीमा उत्पादित अर्गानिक तरकारी बेंशीका शहरमा पठाउने लक्ष्य लिएका छौं ।’
कात्तिक–चैतसम्म बाक्लो हिउँले ढाक्नेहुँदा फागुन–असोज मात्र खेतिपातीको समय हो । बर्खायाम भएपनि मुस्ताङ्गमा पानी नपर्ने भएकोले यो सिजन खेतीपातीको उपयुक्त सिजन हो । टनेलमा गरिने तरकारी खेती छिटो प्रतिफल दिने भएकोले बढी उपयोगी भएको छ । अहिले उत्पादन भएको टमाटरसमेतका तरकारी हिउँदमा त्यही टनेलमा कोल्डस्टोरको रुपमा प्रयोग हुन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
