आज:  | Sat, 02, Jul, 2022

र्‍यापर ‘भिटेन’ पक्राउ

७ कार्तिक २०७६, बिहीबार ०६:५६ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
‘हामी यस्तै न हो नि ब्रो’ बाट पछिल्लो पटक निकै चर्चामा आएका र्‍यापर समिर घिसिङ अर्थात् भिटेन पक्राउ परेका छन् ।
उनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अश्लील शब्द प्रयोग गरेको र सोसल मिडियामा राखेको तस्बिरमा आधारमा उनलाई बिहिबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए । उनलाई जाउलाखेलबाट पक्राउ गरिएको हो ।
भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा असोज २९ गते प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए । बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो। अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए। रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए। यसअघि मंगलबार पनि गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। रिलिज गरेको पछिल्लो ‘ह्यापी तिहार’ नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्द्धन गरेको देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि उनी पक्राउ परेका थिए। उनले हिरासतबाटै सो गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट हटाएका थिए।