Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

शिशापाङ्मा हिमाल आरोहणमा गएका निर्मल पुर्जा ज्वरोबाट ग्रस्त

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ५९१ पटक पढिएको
शिशापाङ्मा हिमाल आरोहणमा गएका निर्मल पुर्जा ज्वरोबाट ग्रस्त

म्याग्दी, ७ कात्तिक ।
७ महिनामा संसारका ८ हजार मिटर अग्ला सवै १४ हिमाल चढ्ने महत्वकाँक्षी ‘प्रोजेक्ट पोसिवल १४/७’ अभियानका किर्तिमानी आरोही निर्मल पुर्जा अभियनाको अन्तिम तथा संसारको १४औं अग्लो तिब्बतमा पर्ने ८०२७ मिटर अग्लो शिसापाङ्मा हिमालको वेस क्याम्प पुगेका छन ।
अभियानको अन्तिम खुड्किलो चढ्न आरोहण सहयात्री मिङमा डेभिड शेर्पासहित शिशापाङ्मा हिमाल वेस क्याम्प पुगेका पुर्जालाई ज्वरोले समातेको छ । यो खवर पुर्जाले सहयात्री शेर्पासहित सुतिरहेको फोटोसहित आफ्नो फेसवुकमा स्टाटस पोष्ट गरेका छन । पुर्जाले फेसवुकमा लेखेका छन, ‘शरिर तातेको छ, ज्वोरोले छोएको छ । तर पनि निरास नहुनुस्, हामीले प्रतिज्ञा/प्रतिवद्धतालाई अनुकुल मौषमविच शिखरमा पुर्‍याउने छौं ।’

‘प्रोजेक्ट पोसिवल १४/७’ अभियान अर्न्तगत निर्मल पुर्जाले गत अप्रिल १३ मा जन्मथलो म्याग्दीमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल गत अप्रिल १३ मा आरोहण गरी अभियानको सफलता यात्रातय गरेका थिए ।
चिनियाँ सरकारले शिशापाङ्मा हिमाल आरोहण प्रतिवन्ध लगाएको थियो । तर पुर्जाको अभियान सफल बनाउन नेपाल सरकारको विशेष पहल र अनुरोधमा पुर्जाको टिमलाई मात्र यो हिमाल आरोहण गर्न अनुमति दिएको हो । तिब्बतमा पर्ने ८०२७ मिटर अग्लो शिशापाङ्मा माउण्टेनलाई गोसाईथान हिमाल पनि भनिन्छ । यो संसारको १४ औं अग्लो हिमाल हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित पुख्यौली थलोमा माध्यामिक विद्यालय तहको शिक्षापछि उच्च शिक्षा हाँशिल गर्न पोखरा झरेका पुर्जा सन् २००३ मा व्रिटिश गोर्खा क्याम्बाट छनौट भै वेलायती सेनामा प्रवेश गरो हुन । सन् २००९ देखी ‘युके स्पेशल फोर्समा संलग्न भएका पुर्जाले वेलायती सेनामै रहँदा सन २०१२ देखी हिमाल आरोहण सुरु गरेका हुन । पुर्जाले वेलायती सेनाको टोलीबाटै तीन पटक सगरमाथा, ल्होत्से, मकाली र धौलागिरी हिमाल आरोहण गरीसकेका थिए । पुर्जा सेवामै रहेर सगरमाथा चढ्ने पहिलो गोर्खा सैनिक हुन ।
निर्मल पुर्जाले यस अघि ५ दिनमा ८ हजार मिटर अग्ला ल्होत्से र मकालु चढेर, १० घन्टा १५ मिनेटमा सगरमाथादेखी ल्होत्स आरोहण गर्ने र १५ दिनमा सगरमाथा दुई पटक, मकालु, ल्होत्से एक–एक पटक चढेर गिनिज वुक आफ वर्ड रेकड राखिसकेका छन । पुर्जा ब्रिटिश गोर्खा सैनिकमा स्पेशल फोर्समा आवद्ध भएकोले यी समाचार बाहिर आएका थिएनन ।
‘प्रोजेक्ट पोसिवल १४/७’ अभियान अर्न्तगत किर्तिमानी आरोही निर्मल पुर्जाले आरोहण गरेका हिमाल र आरोहण मिती यस प्रकार छन ।
अन्नपूर्ण प्रथम   २३ अप्रिल २०१९, धौलागिरी प्रथम   १२ मे २०१९, कन्चनजंगा १५ मे २०१९, ल्होत्से     २२ मे २०१९, सगरमाथा  २२ मे २०१९,
मकालु     २४ मे २०१९, नागा पर्वत  ३ जुलाई २०१९, ग्रेसरव्रुम पहिलो   १५ जुलाई २०१९, ग्रेसरव्रुम दोस्रो    १९ जुलाई २०१९, माउण्ट के टु     २४ जुलाई २०१९, ब्रोड पिक   २६ जुलाई, चो ओयु    २३ सेप्टेम्बर, मनास्लु    २७ सेप्टेम्बर, शिशा पङ्गमा – बाँकी ।

फोटो ः निर्मल पुर्जाको फेसवुक वालबाट ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल