आज:  | Tue, 28, Jun, 2022

आगो नलाग्ने लिथियम आयोन ब्याट्री प्रविधि विकास

६ कार्तिक २०७६, बुधबार १६:०० मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
वैज्ञानिकहरुले फ्लेक्जिबल लिथियम आयोन ब्याट्री विकास गरेका छन, जून चरम अवस्थामा पनि प्रयोग गर्न सकिन्छ । यस्तो प्रकारको ब्याट्री कटिंग, सबमर्सन, र सिमुलेटेड ब्यालिस्टिक कार्यमा पनि प्रयोग गर्न सकिन्छ तर यो ब्याट्रीमा आगो नलाग्ने गरि विकास गरेका हुन् ।हालको लि-ओन ब्याट्रीहरु विनाशकारी आगलागीको लागि अतिसंवेदनशिल छन र पड्किने घटनाहरु भएका छन् । जसमध्ये अधिकांश ब्याट्रीहरु बिनाकुनै सहि जानकारी हुने गर्दछन् । किनकी यी ब्याट्रीहरु ज्वलनशिल र दहनशिल पदार्थहरुबाट बनेका हुन्छन् ।जोन हप्किन्स एप्लाइड फिजिक्स ल्याब्रोटोरी (एपीएल)का अनुसन्धानकर्ताहरुद्धारा हालै केमिकल कम्यूनिकेसन्स जर्नलमा प्रकाशित अनुसन्धान रिपोर्टमा, अनुसन्धान टिमले नयाँ स्तरको ‘वाटर इन साल्ट’ र ‘वाटर इन बाईसाल्ट’ इलेक्ट्रोलाइट्सको रुपमा बर्णन गरेको छ ।ती इलेक्ट्रोलाइट्स जब पोलिमर म्याट्रीक्समा समावेश हुन्छन्, त्यसले पानीको गतिबिधिलाई घटाउँछ र ब्याट्रीको उर्जा क्षमतालाई उठाउँछ । यसका साथै अहिलेका लि-अन ब्याट्रीहरुमा भएका उच्च ज्वलनशिल, जोखिमयुक्त प्रतिकृयात्मक रसायनहरुको जीवनचक्रलाई बिस्तार गर्दछ ।अनुसन्धानकर्ताहरुले यो सुरक्षित, शक्तिशाली विकल्प भएको बताएका छन् ।‘हाम्रो टिमको प्रयास साधारणरुपमा ज्वलनशिल तरल पदार्थलाई पोलिमरद्धारा प्रतिस्थापन गर्नमा केन्द्रित रहेको थियो जसले सेफ्टी र फर्म फ्याक्टरमा सुधार गर्दछ । हामी अहिलेको अवस्थाबाट धेरै उत्साहित भएका छौं,’ एपीएलका वरिष्ठ अनुसन्धान वैज्ञानिक तथा प्रमुख अनुसन्धानकर्ता कोन्स्टानटिनोस जेरासोपोलसले भने ।हाल व्यवसायीकरुपमा प्रयोग भएको लि-ओन ब्याट्री सन् १९९० दशकको शुरुवातदेखि प्रयोगमा आएको हो जुन अहिले मोबाइल फोनदेखि इलेक्ट्रिक भेहिकल, उर्जा स्टोरेजलगायतको क्षेत्रमा प्रयोग हुँदै आएको छ । एजेन्सी