FLASH NEWS
  • Loading...

प्रशारण लाईन निर्माण ढिलाई

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १४० पटक पढिएको
प्रशारण लाईन निर्माण ढिलाई

म्याग्दी, ५ कात्तिक ।

अन्नपूर्ण गाउपालिका, ३ दानादेखी पर्वतको कुस्मा स्थित खुर्कोट सवस्टेसन जोड्ने जोड्ने कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभिए प्रसारण लाईन निर्माण ढिलाई भैरहेको छ ।

अन्नपूर्ण गाउपालिका, ६ पोखरेवगर, रातोपानी र धिरच्या¨वासीले वस्ती माथी हाई भोल्टेजको हाईटेन्सल लाईन बनाउन नहुने भन्दै अवरोध गरेपछि आयोजनाको काम प्रभावित भएको हो । अवरोधपछि आयोजनाको ६ वटा टावर कसरी बनाउने टु¨ो लागेको छैन । टावर सार्ने संभावनाको प्राविधिक अध्ययन भैरहेको आयोजनाले जनाएको छ ।

कालीगण्डकी करिडोरमा निर्माणाधिन बेनीजोमसोम सडक र दानाखुर्कोटनवलपरासी विधुत प्रशारण लाईन विच राईट अफ वे विवादले यस अघि लामो सयम निर्माण प्रभावित भएको थियो । विधुत प्राधिकरणले दाना र खुर्कोट २२०/१३२/३३/११ केभिए कालीगण्डकी करिडोर प्रशारण लाईन र सवस्टेशन निर्माण गर्न भारतिय कम्पनी टाटा र चिनियाकम्पनी चिन्टको संयुक्त टाटाचिन्ट जेभी ठेकदार कम्पनीले दुई अर्व ९० करोडमा ठेक्का दिएको थियो । आयोजना र ठेकदार विच सन् २००१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ३० मे २०१६ मा सम्झौता भएको हो । एक बर्ष म्याद थप गर्दापनि आयोजनाले काम पुरा गर्न नसकेको हो ।

नदी वगरको साघुरो वस्तीमा तल सडकले र आकासमा उच्च भोल्टेजको विजुली हाईटेन्सन वनाउदा वस्ती नै जोखिममा परेको छ । हामीले प्रशारणलाईन वस्तीको विचबाट हैन छेउबाट लैजान सुझाएका हौं अन्नपूर्ण गापा, ६ पोखरेका खड्ग गिरीले भने विधुत हाईटेन्सनले केही जमिन, आधा जमिन सडकले काटेपछि पुरै बस्ती उठ्ला कि भन्ने त्रास नै त्रासमा छौं ।

सडक र विजुली प्रसारण लाईनको असर अन्नपूर्ण गाउपालिकाको केन्द्र पोखरे वगरलाई परेको छ । गापा केन्द्र कायमभएसगै तिब्र बजारकिरण भैरहेको पोखरेवगरमा सरकारी कार्यालय राख्न र वस्ती वसाउन समस्या भएको छ । संसारको सर्वाधिक गहिरो र साघुरो यो गल्छीमा निर्माणाधिन कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभिए प्रसारण लाईन वस्ती पुरै छल्न प्रायःअसंभव नै छ । दाना कुस्मासम्मको ४२ किमी खण्डमा एक सय १४ टावर मध्य विवादित ६ वटा टावरबाहेक अन्य निर्माण पुरा भै तार टाग्ने काम धमाधम भैरहेको छ ।

वस्तीलाई जोखिम छैन । मापदण्ड अनुसार राखेका छौं कालीगण्डकी करिडोर प्रसारण लाईन आयोजना प्रमुख चन्दन घोषले भने, ‘साघुरो गल्छी भएकोले वस्ती र सडक भन्दा धेरै टाढा पुग्न सकिने अवस्था छैन । बाध्य छौं ।

प्रसारण लाईनको मुनी सुरक्षाको दृष्टिले ज्यादै जोखिम हुन्छ । विधुत प्राधिकरणले उच्च भोल्टेजका प्रसारण तथा वितरण लाईनमुनि घर लगाएतका संरचना निर्माण नगर्न सचेत गराउदै आएको छ । विधुत नियमावली, २०५० ले तारदेखी घर वा रुखसम्मको दुरी २२० केभिएसम्मका भोल्टेजसम्म करिव २ मिटर कायम गरेको छ ।

८० प्रतिशत बढी काम सकियो । विदाव सुल्झियो भने आगामी डिसेम्बरसम्म काम सक्नेगरी काम गरिरहेका छौं आयोजना प्रमुख चन्दन घोषले भने, ‘ट्रान्सफर्मर समेतका उपकरण जोड्ने र टावरमा तार टाग्ने काम भैरहेको छ ।

मुस्ता¨/म्याग्दीको उत्तरी क्षेत्रका जलविधुत आयोजना समेट्न कालीगण्डकी करिडोर, म्याग्दीखोला जलाधार क्ष्ेँत्र समेट्न म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधारका आयोजना र वाग्लु¨ जिल्लाका विभिन्न जलविधुत आयोजनाबाट उत्पादित विजुली पर्वतको खुर्कोट सवस्टेसनमा जोडेपछि खर्कुोटबर्दघाट खण्डको प्रसारण लाईनबाट विजुली लैजाने प्राधिकरणको योजना रहेको छ ।

 

सव स्टेसन ढिलाईले विधुत अलपत्र

कालीगण्डकी करिडोरको दाना सवस्टेसन निर्माण ढिलाई हुदा म्याग्दी र मुस्ताङ्ग उत्पादित ८ मेगावाट विधुत खेर गैरहेको छ । थापाखोलाको १३.६ मध्य ५ मेगावाट र ५ मेगावाटको घलेम्दी जलविधुतको पुरै विधुत केन्द्रीय ग्रीडमा जोड्ने ठाउनहुदा अलपत्र परेको हो ।

कालीगण्डकी करिडोर प्रशारण लाईन निर्माण भएप्छि ४२ मेगावाटको मिस्त्रीखोला राहुघाट ४२ मेवा, घारखोला १४ मेवा, कालीगण्डकी अपर ६४ मेवा, कालीगण्डकी गर्ज १४६ मेवा, निलगिरी ३८ मेवाकोवाङकालीगण्डकी (४५० मेगावाट) आयोजनाबाट उत्पादन हुने विधुतलाई जोड्ने योजना छ । त्यसैगरी माथिल्लो राहुघाट (४८ दशमलव ५ मेगावाट), कालीगण्डकी माथिल्लो (७२ मेगावाट) र दरवा¨खोला २५ मेगावाट विधुत यही २ सय २० केभिए कालीगण्डकी करिडोर प्रसारण लाईने जोड्ने योजना हो ।