भीरका गुफाबाट मौलाएको मुस्ताङ्गी सभ्यता

३ कार्तिक २०७६, आईतवार ०७:४७ मा प्रकाशित (8 महिना अघि)
पुनहिल संवाददाता

लोमन्थाङ, मुस्ताङ ।
मुस्ताङ्गको उपल्लो थलोका रंगिन बालुवाका अक्करे भीरहरु खोपेर बनाईएका मानवनिर्मित गुफाहरु विश्वकै रहस्यमयी पुरातात्विक विचित्रता हो । र ति गुफाहरु कस्ले, किन र कहिले निर्माण गरे अझै रहस्यमय छन ।

किम्बदन्ती अनुसार धेरै समय अघि तिब्बत तिर बाट आउने लुटेराबाट बच्न गाउँलेहरु भीरको गुफामा लुक्थे र त्यहाँ आउने बाटो भत्काउने गर्थे । गुफाहरु प्रायः वस्ती नजिकका अक्करे भीरमा रहेकोले किम्बदन्ती निकट रहन्छन । त्यसैगरी बौद्धधर्मका गुरुहरुले साधना गर्नकालागी पनि भीर खोपेर गुफा बनाई ध्यान, साधना र अध्ययन गर्ने गरेको पनि भनाई छ ।

स्थानिय भाषामा फुग् भनिने गुफाहरु लोमन्थाङ क्षेत्रको धार्मिक एवं सामाजिक जीवनमा आर्कषणका केन्द्रहरु हुन् । अन्नपूर्ण क्षेत्र आयाोजना (एक्याप)लोमन्थाङ्गका अनुसार मुस्ताङ्गका विभिन्न गाउँ छेउका भीरहरुमा करिव एक सयको हाराहारीमा मानवनिर्मित गुफा छन ।

पहिलापहिला तिब्बत तिरबाट वेधर्मी लुटेराहरु आउँथे रे उनीहरुबाट धर्मको रक्षा गर्न र धार्मिक गुरुहरुको साधनालाई सिद्धि प्राप्त गर्न यस्ता गुफाहरु बनाईएको हो लोमन्थाङ्गका ८९ बर्षिय बृद्ध थुप्छन छिमी गुरुङ्गले बताए ।
मुस्ताङ्गका गुफाहरुमा लुकेका मानव सभ्यताको पहिलो पटक सन १९९२१९९७ सम्म जर्मन र नेपालको पुरातत्व विभागका पुरातत्वविदले मुक्तिनाथको पारी मेद्राक पहाडको गुफामा मानव शव फेला पारेका थिए । पुरातत्व विभागको डिएनए परिक्षण अभिलेख अनुसार उक्त शव दुई हजार चार सय १४ बर्ष पुरानो रहेको थियो ।

अमेरिकाको क्यालिफोर्निया स्थित मर्सेट विश्वविद्यालयका डीन मानवशास्त्री मार्क एडलेन्डरपर समेतको टोलीले उपल्लो मुस्ताङ्गका साम्जोङ्ग गाउँ नजिको गुफाबाटसन १०११२०१२ मा विभिन्न प्राचिन मानव सभ्यता पुष्टि गर्ने पुरातात्वीक महत्वका वस्तु फेला पारेको थियो ।
मुस्ताङ्गका विभिन्न अनकन्टार गुफाबाट विभिन्न समयमा नेपाली तथा विदेशी पुरातत्ववीद/अनुसन्धानकर्ताले सुनको मुखुण्डो, मानव कंकालहरु फेला पारेका थिए उपल्लो मुस्ताङ्गको पुरातात्वीक,धार्मिक तथा साँस्कृतिक सम्पदा संरक्षणमा सक्रिय ल्यो घ्याल्मो जिग्मे फाउण्डेसनका सदस्य ज्ञानेन्द्र विष्टले भने, ‘यी पहाडका गुफा केवल गुफा मात्र होईनन्, पुर्खाले छोडेको मुस्ताङ्गी सभ्यताको नासो पनि हो । अव स्थानीय सरकारहरु यी गुफा संरक्षणमा जुट्नु आवश्यक छ ।

मुस्ताङ्गका झोङ्ग, छोसेर, गार्फुग, लुरी, छ्योजोङ, मेद्राक, चैले, छुक्साङ, टुक्चे, कोवाङ, साम्जोङ आदी नजिकका अक्करे भिरमा गुफा मुख्य हुन । ५ तले र १५० कोठा रहेको छोसेरको झोङ्ग गुफा पर्यटकको आकर्षणको केन्द्र समेत हो । गुफाको तला चढ्न काठका भर्‍याङहरु प्रयोग गरिएका छन । जोमसोमलोमन्थाङकोरला जोड्ने मोटरबाटोको पारीपट्टी १५ मिनेटमा पुग्ने सकिने झोङ्ग गुफामा नेपालीलाई प्रति ब्यक्ति एक सय  पर्यटकलाई पाँच सय शुल्क लिने गरिएको छ ।

मुस्ताङ्गमा प्रागएतिहाँसिक सभ्यताको संकेत गर्ने गुफाहरु मात्र हाईन मानव सभ्यताको जीवन्त स्वरुप समेत भेट्न सकिन्छ । युनेस्कोले विश्व सम्पदा सूचिमा राखेको माटोको शहर मुस्ताङ्गको उपल्लो भेग अर्थात लोमन्थाङ ईतिहांस, संस्कृति र कला बास्तुकलाको दृष्टिले महत्वपूर्ण छ । मुस्ताङ्गका कतिपय धार्मिक संस्था गुम्बाहरु पनि भीर खोपेर बनाईएका गुफासँगै बनाईएको छ । उपल्लो मुस्ताङ्गको लुरी गुम्बा एउटा उदाहरण हो ।
भनिन्छ, कुनै समय मुस्ताङ्गसमेत तिब्बती पठार टेथिस सागर थियो । कालान्तरमा ज्वालामुखी वा अन्य कारणले सागर फुट्यो र यो उजाड मरुभूमिमा परिणत भयो ।

मुस्ताङ्गको उपल्लो थलोबाट उद्गम भै बग्ने कालीगण्डकी नदीमा मात्र पाईने र हिन्दु धर्मालम्बीले भगवान विष्णुको स्वरुप मानी पुज्ने शालग्राम भित्र भेटिने जिवावशेषले प्रागएतिहाँसिक सभ्यताको यही संकेत गर्दछ ।