- Loading...
नेकपा म्याग्दीको कार्यकर्ता प्रशिक्षण सम्पन्न
- पुनहिल डट कम
- ५ साल अघि
- २०२ पटक पढिएको

बेनी, २ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले शनिबार बेनी, दरवाङ्ग र ताकममा छुट्टाछुट्टै कार्यकर्ता प्रशितक्षण तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।
दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना सहित पार्टीका संगठित सदस्यहरुकालागी पार्टीका नीति, निर्देशन, सरकारका काम र योजनालाई कार्यकर्ता माझ पुर्याउन धवलागिरी गाउापालिकाको ताकम, मालिकाको दरवाङ र बेनीमा प्रशिक्षण गरेको सो पार्टीले जनाएको छ ।
कार्यक्रममा नेताहरुले कार्यकर्तालाई एकताको भावना अन्तरघुलन भै पार्टी गतिबिधि गर्न, स्थानीय, प्रदेश र संघीय सरकारका योजना तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन तथा पार्टी अनुशासनमा रहन कार्यकर्तालाई निर्देशन दिएका छन ।
ताकममा जिल्ला इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, दरवाङमा जिल्ला अध्यक्ष गोविन्द पौडेल र प्रदेश कमिटि सदस्य नवराज शर्मा, बेनीमा जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ र नेता टेकबहादुर विश्वकर्माले प्रशिक्षण गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
