आज:  | Tue, 05, Jul, 2022

विश्वामित्रको सहकारीको आठौं साधार सभा सम्पन्न

२ कार्तिक २०७६, शनिबार १४:५३ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, २ कात्तिक ।विश्वामित्र वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा ३४ लाख ४४ हजार ९ सय ४५ मुनाफाको नगद लाभाशं वितरण गर्ने निर्णया अनुमोदन गर्दै सम्पन्न भएको छ ।संस्थाको शनिवार बेनी नगरपालिका, ६ डम्बरामा यामबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न साधारण सभाले कोषाध्यक्ष गीता बोगटीले पेश गरेको आर्थिक बर्ष ०७५/०७६ मा कुल आम्दानी १ करोड ९० लाख ४७ हजार ९ सय १४ रुपैयाँ तथा १ करोड ५६ लाख २ हजार९ सय ६८ खर्च गरी ३४ लाख ४४ हजार ९ सय ४५ खुद मुनाफा आर्जन गरेको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ ।४ सय ३९ जना शेयर सदस्यको २ करोड ९६ लाख ५९ हजार ६ सय शेयर पुँजी रहेको विश्वामित्र वचत तथा ऋण सहकारी संस्था लिमिटेडका आगामी बर्ष शेयर पुँजी बढाएर ५ करोड पुर्‍याउने लक्ष्य लिएको छ ।‘बेनीका वचत तथा ऋण सहकारी संस्थाहरु सहरकारीको मर्मलाई आत्मसाथ गरेका छैनन । सहकारीताको भावनामा साना र ठूला लगानीकर्ता नहुनु पर्ने हो तर सहकारीहरु सामन्ती संस्कार र शैली अपनाएका छन । मुनाफाखोर हुँदै गएका छन’ साधारण सभामा प्रमुख अतिथिको मन्तब्य राख्दै कार्कीले भने, ‘संस्थाको भौतिक सम्पक्तिसवै व्यत्तिको नाममा राखेर ऋण सवै शेयरसदस्यलाई बोकाउने सहकारी दलालहरुबाट सहकारी आन्दोलन वदनाम भैरहेको छ ।’त्यसैगरी साधारण सभाका वक्ताहरुले बेनीका वचत तथा ऋण सहकारी संस्थाहरु आफुलाई कानुनभन्दा माथी भएको घमण्ड पालेको आरोप लगाए । कार्यक्रममा बोल्दै वेनी नगरपालिकाकी उपप्रमुख सन्जु बरुवालले भनिन्, ‘कानुन विपरित संञ्चालित सहकारीलाई सचेत बनाउन नगरपालिकाले पटक–पटक पत्राचार गरेपनि अटेर गरिरहेका छन’ कार्यक्षेत्र बढाउनु पर्ने भए प्रकृया पुर्‍याएर अनुमति लेउ तर जथाभावी नगर ।’