आज:  | Tue, 28, Jun, 2022

नेकपा म्याग्दीको कार्यकर्ता प्रशिक्षण सम्पन्न

२ कार्तिक २०७६, शनिबार १५:०३ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
बेनी, २ कात्तिक ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले शनिबार बेनी, दरवाङ्ग र ताकममा छुट्टाछुट्टै कार्यकर्ता प्रशितक्षण तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना सहित पार्टीका संगठित सदस्यहरुकालागी  पार्टीका नीति, निर्देशन, सरकारका काम र योजनालाई कार्यकर्ता माझ पुर्‍याउन धवलागिरी गाउापालिकाको ताकम, मालिकाको दरवाङ र बेनीमा प्रशिक्षण गरेको सो पार्टीले जनाएको छ ।कार्यक्रममा नेताहरुले कार्यकर्तालाई एकताको भावना अन्तरघुलन भै पार्टी गतिबिधि गर्न, स्थानीय, प्रदेश र संघीय सरकारका योजना तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन तथा पार्टी अनुशासनमा रहन कार्यकर्तालाई निर्देशन दिएका छन ।ताकममा जिल्ला इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, दरवाङमा जिल्ला अध्यक्ष गोविन्द पौडेल र प्रदेश कमिटि सदस्य नवराज शर्मा, बेनीमा जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ र नेता टेकबहादुर विश्वकर्माले प्रशिक्षण गरेका थिए ।