आज:  | Sat, 25, Jun, 2022

एनआरएनएको नेतृत्वका लागि मतदान जारी

३० आश्विन २०७६, बिहीबार १०:२४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति चयनका मतदान जारी छ ।बुधबार साँझ ८ बजे एकजना मतदाताले भोट हालेपछि भोटिङ मेसिनले काम नगरेको भन्दै स्थगित गरिएको थियो। एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बुधबार ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका थिए ।एनआरएन अध्यक्षमा कुमार पन्त र कुल आचार्यको अध्यक्ष पदमा उम्मेदवारी प्रतिस्पर्धा गरेका छन । त्यस्तै चार जना उपाध्यक्षका हिक्मतबहादुर थापा, किरणविक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, बद्री केसी, मन केसी, धर्मराज अधिकारी, सोनाम लामा र केशव पौडेल विच प्रतिस्पर्धा छ ।एक महिला उपाध्यक्ष सपिला राजभण्डारी र रविना थापाको उम्मेदवारी परेको छ । महासचिवका लागि जानकी गुरुङ र हेमराज शर्मा विच र दुई सचिवमा दीपकप्रसाद ओली, सुष्मा लिम्बू, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा, विनय अधिकारी विच प्रतिस्पर्धा छ । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सुदन थापाको प्रतिस्पर्धा छ ।