आज:  | Tue, 28, Jun, 2022

चिनियाँ राष्ट्रपतिको सम्मानमा आइतबार सार्वजनिक विदा

२४ आश्विन २०७६, शुक्रबार ०५:३७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि २६ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयको प्रस्तावमा सरकारको मन्त्रीपरिषदको बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । राष्ट्रपति सी आइतबार स्वदेश फर्किन कार्यक्रम रहेको छ ।
सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गर्ने गरेको छ ।