- Loading...
नेपथ्यको चर्चित गीत ‘लाम्पाते सुरती’ को लाइभ भिडियो युट्युबमा सार्वजनिक
- पुनहिल डट कम
- ५ साल अघि
- १५८ पटक पढिएको

लोकरक ब्याण्ड नेपथ्यको चर्चित गीत ‘लाम्पाते सुरति’ अब युट्युबमा उपलब्ध हुने भएको छ। ‘पप संगीत’बाट सुरुभएको ब्याण्ड नेपथ्यलाई ‘लोक रक ब्याण्ड’मा रुपान्तरण गरेको एल्बम ‘रेशम’मा समेटिएको यो गीतका गीतकार सरुभक्त हुन्।
‘आज भोलि के भयो के भयो
कसले कसले स्वाट्ट यो मन छोयो
खान्न म त लाम्पाते सुरति
लाउँ कि नलाउँ जुग जाने पिरती’
‘नेपथ्यको पाँच वटा सर्वोत्कृष्ट गीतको सूची तयार पार्नुपरे म एकदेखि पाँचसम्मै लाम्पाते सुरतिलाई राख्छु,’ लेखक कुमार नगरकोटी भन्छन्, ‘त्यसपछि छैठौंबाट मात्र मेरा निम्ति नेपथ्यका अन्य राम्रा गीतको गणना सुरु हुन्छ।’
यो गीतलाई पोखराका गन्धर्वहरुले भाका हालेर अलिक बेग्लै पाराले गाउँदै आएको हुनाले आफूले केटाकेटी उमेरमै सुनेको गायक अमृत गुरुङ बताउँछन्। ‘त्यसै भाकालाई माटेपानीको जग्गु भनिने ईश्वर गुरुङ दाइले गितारको धुनमा मिसाएर असाध्यै मिठोसँग सुनाएका थिए,’ अमृत सम्झन्छन्, ‘तर, त्यसका शब्दहरुले मलाई छोएन।’
अमृतका अनुसार त्यतिबेला गीतको शब्द थियो–
‘घर त मेरो पातीले बारेको
रक्सी मिठो ङोल्स्योले पारेको
खान्न म त लाम्पाते सुरति
लाउँ कि नलाउँ जुग जाने पिरती’
धुन मिठो भइकन पनि गीतको शब्द उति मन नपरेपछि पोखराकै लेखक सरुभक्तकहाँ गएपछि यस गीतको सुन्दर रुपान्तरण हुन पुगेको अमृत सुनाउँछन्।
‘दाइले नयाँ शब्द तयार पारेपछि यो गीतै झलमल्ल बलेजस्तो भयो,’ अमृत भन्छन्, ‘त्यसको लगत्तै रेशम एल्बमको तयारीका क्रममा यसको रेकर्डिङ पनि थालिहालेका थियौं।’
‘रेशम’ एल्बमको शिर्ष गीतको भिडियो उतिबेलै तयार भएर अत्यधिक लोकप्रियता हासिल गरेको थियो। त्यसै एल्बमको यो अर्को चर्चित गीतले भने लगभग दुई दशकपछि भर्खरै मात्र श्रब्यदृश्यमा आउन पाएको छ।
संसारभर ब्याण्डहरुले आफ्ना चलेका गीतहरुलाई ‘लाइभ रेकर्ड’ गरेर श्रव्य-दृश्य संस्करण पुनः सार्वजनिक गर्ने प्रचलनअनुसार याे गीतकाे भिडियाे हो। गत वर्ष नेपथ्यले ‘नेपाल टुर’ गर्दाको संग्रहबाटै यो भिडियो तयार पारिएको हो। लाइभ कार्यक्रममा आधारित यस भिडियोले गायक अमृत गुरुङको दर्शकहरुसँग सम्वाद गर्ने मौलिक शैलीलाई पनि समेटेको छ।
‘प्रत्यक्ष कार्यक्रम हेर्दाको अनुभूति मिलोस् भनेर सक्दो प्रयास गरेका छौं,’ नेपथ्यलाई प्रवर्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्।
हिजोआज एल्बमको प्रचलनले अर्थ गुमाउँदै गएको अवस्थामा नेपालयले यसका प्रत्येक सिर्जनाहरु आइट्युन, गुगल प्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’हरुका माध्यमबाट सार्वजनिक गर्दै आएको छ। त्यसबाहेक ब्याण्ड र उसका श्रोताहरुलाई नजिक्याउन युट्युब पनि एक प्रभावकारी माध्यम बन्दै गएको छ।
शब्द तथा तस्वीर सेतोपाटी र भिडियो नेपथ्यबाट ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
