- Loading...
महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता
- पुनहिल डट कम
- ५ साल अघि
- २६९ पटक पढिएको

प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार पीडित महिलाले हिंजाे महराविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएकी हुन् ।
काठमाडौं । बलात्कारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार पीडित महिलाले हिजाे उनी विरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएकी हुन् ।
संसद सचिवालयकी ती महिला कर्मचारीले आफूलाई बलात्कार गरेको सार्वजनिक गरेपछि महराले १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए । १२ असोजमा घटना भएको भन्दै उनले सञ्चार माध्यम मार्फत् घटना सार्वजनिक गरेकी थिइन् ।
घटना भएको ५ दिनपछि महराविरुद्ध उजुरी दर्ता भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसबीचमा पीडित महिलाको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले समेत महरा त्यस दिन ती महिलाको डेरामा गएको पुष्टि गरिसकेको छ । प्रहरीले घटनाका अन्य सबुतसमेत संकलन गरेको जनाएको छ ।
‘‘कोठामा गएको र फर्किएको सीसीटीभी फुटेज सहितका कल डिटेल लगायत अन्य विषय सबै अनुसन्धान गरिएको छ’’, एक प्रहरी अधिकृतले भने,‘‘पीडित महिलाको उजुरी नआउँदा अनुसन्धानमा कठिनाई थियो । अब उजुरी आइसकेपछि अनुसन्धान सहज हुन्छ।’’ एक उच्च प्रहरी अधिकृतले भने, “जाहेरी प्राप्त भइसकेकाले अब त्यहीअनुसार प्रक्रिया अघि बढ्छ ।”
देखापढी डट कममा समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
