FLASH NEWS
  • Loading...

ज्याला नपाउँदा दशैंको संघारमा मजदुरको विचल्ली

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९४ पटक पढिएको
ज्याला नपाउँदा दशैंको संघारमा मजदुरको विचल्ली

म्याग्दी, १७ असोज ।

सवैका घरमा दशैं आएको छ । दशैंको किनमेल र रङ्ग रमाईलो सुरु भएपनि बेनी–जोमसोम सडक निर्माणमा संलग्न मजदुरको भने विचल्लि भएको छ ।

राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक अर्न्तगत पहिलो प्याकेज गलेश्वर–तातोपानी २० किलोमिटर खण्डमा कार्यरत ९५ जना मजदुरले ज्याला ज्याला नपाएपछि दशैं चाडमा उनीहरु विचल्लिमा परेका हुन ।

बेनी–जोमसोम सडकको पहिलो खण्ड निर्माण ठेक्का लिएको शर्मा/युनाईटेड जेभी कम्पनीले चैत देखीकै मदजुरको १ करोड ११ लाख ज्याला झुक्तानी नदिँदा मजदुरको दशैं विथोलिएको हो । दशैंको सार्वजनिक विदा सुरु हुने अन्तिम दिन शुत्रवार जिल्ला प्रशासनमा भेटिएका मदजुरले बर्षभरी मजदुरी गरेर दशैंमा केटाकेटीलाई एक जोर नयाँ कपडा र दुई छाक माशुभात खुवाउन नसक्ने अवस्था मानसिक यातना भोग्नु परेको बताए ।

‘काम गरेको ज्याला नपाएर मजदुरले कुटेर मारे भन्नु भन्दा सिडिओ कार्यालयको गेटमा आत्महत्या गर्छु’ गुहार माग्न प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आएका मजदुर नाईके नोकबहादुर पुनले भने, ‘हरेक क्षण संसार झन झन अँध्यारो देख्दै गएको छु ।’

ज्याला माग्दा भोली–भोली भन्दै ठेकदार भागेको र फोन पनि उठाउन छोडेको मजदुरले गुनासो गरे । निर्माण क्षेत्रमा चर्चित ठेकदार कम्पनी शर्मा–युनाईटेडले भीरपहरा र खोलामा जोखिमपूर्ण क्षेत्रमा काममा लगाएका मजदुरको १ करोड ११ लाख रकम भुक्तानी नदिएको हो । ज्याला नपाउने अधिकांश मजदुर रुकुम, रोल्पा, सल्यान, जाजरकोट, बझाङ्गका छन ।

‘ठेकदार कम्पनीले रेस्पोन्स नै गरेको छैन । यो साईडका ठेकदार शर्मा/युनाईटेडको ख्याती ठूलो तर कर्म सानो रहेछ । कम्पनीले पटक–पटक प्रहरी/प्रशासनलाई पनि ढाँट्यो’ मजदुरको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सिडिओ र डिएसपी नै ठेकदारसँग मिलेर ज्याला नदिएको आरोप मदजुरले हामी माथी लगाएका छन । मानवीय क्षतिको जोखिम रोक्न भरमजदुर प्रयासमा छौं ।’

निर्माण क्षेत्रका ठूला ठेकदारहरुले दुर्गम र टाढाबाट मजदुर ल्याए सस्तो मुल्यमा काममा लगाउने, काम गरेको पारिश्रमिक लामो समय नदिएर मजदुरलाई भोकभोकै तड्पाउने, झुलाउने, गलाउने र अन्त्यमा थकाएर भोकोपेट फर्कन बाध्य पर्ने गरेको जिफन्ट म्याग्दीकी अध्यक्ष बलदेवी बरुवाल राईले भनिन, ‘यो चरम श्रम शोषण मात्र होईन मानवता विरोधी अपराध पनि हो । मजदुरमाथी भएको श्रम शोषणबारे नागरिक प्रशासन, राजनैतिक दलको मौनता खेदजनक छ ।’

गत असारमा पनि यही ठेकदार कम्पनीका अर्को मजदुर समुहलाई पनि ७६ लाख रकम भुक्तानी नदिएपछि आन्दोलनमा उत्रिएका थिए । प्रहरी/प्रशासनले पक्राउ गरी मुद्धा चलाउने भन्दै दवाव दिएपछि आधा रकम दिएर बाँकी एक महिनामा भुक्तानी गर्छु भन्ने कवोल गरेको थियो । आधार रकम लिएर मजदुर घर फर्केपनि बाँकी रकम पनि अझै नदिएको मजदुरहरुले बताएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल