- Loading...
वडा दशैं र रावणको चर्चा
- पुनहिल डट कम
- ५ साल अघि
- १८१ पटक पढिएको

म्याग्दी, १५ असोज ।
संसारभर सत्य र असत्यको प्रायः फैसला जित र हारको इतिहासले निर्धारण गरेको पाइन्छ । जित्नेको प्रशंसा गर्दा गर्दै मान्छे हार्नेको योगदानको चर्चा गर्ने समय नै पाउँदैनन् । वा, जानिजानी बिर्सिदिन्छन । जित्नेले हार्नेको अस्तित्व नै नामेट पारिदिन्छन् । आफूलाई देवत्वकरण गर्नकै लागि हार्नेलाई दानवीकरण गरिदिन्छन् । पूर्वीय मिथकमा रावण एउटा त्यस्तै पात्र हो, जो हारेको हुनाले उनको योगदानलाई जित्नेले मेटिदिएका छन् ।
हामीले पढेको/सुनेको रामायणमा रावणलाई यसरी वर्णन गरिएको छ, मानौं उनी बुद्धि र विवेकहीन क्रुर शासक थिए । तर पछिल्ला खोज तथा अनुसन्धानले भने रावण बल, बुद्धि र सौर्यशाली राजा भएको भनेको छ । यसको मतलब रावण असल र बरु राम बदमास भन्ने तर्क होइन । यहाँ रावणको ओझेल पारिएको पाटो मात्र चर्चा गर्न खाजिएको हो ।
लंकाको राजा रावण महान ऋषि विश्वश्रवा र राक्षस गणका भयंकर योद्धा सुमालीकी छोरी कैकसीको कोखबाट जन्मेकाले रावणमा बौद्धिकता र लडाकुपन दुवै थियो । रावणका अजंगको ज्यान भएको भाई कुम्भकर्ण, राजकाजमा निपूर्ण अभिरावण नामक भाइ, शुपर्णखा नाम गरेकी कुरूप बहिनी र विभिषण नाम गरेका अर्का भाइ थिए । यसबाहेक रावणका खारा र धुशाना नाम गरेका भाइहरू र खुम्बिणी नामकी बहिनी पनि थिइन् । रावणको विवाह मन्दोदरीसाग भएको थियो, जसको गर्भबाट मेघनाथको जन्म भयो । देवता इन्द्रलाई समेत परास्त गरेका हुनाले यी पराक्रमी युवराजलाई इन्द्रजीत पनि भनिन्थ्यो ।
रावणका दश टाउकाको अर्थ
रावणलाई उनको योगदानको बलस्वरुप दशमुखा अर्थात् दशवटा टाउको भएको भनेर पनि चिन्ने गरिन्छ । तर, वास्तवमै उनको दशवटा टाउको नभएको र दशवटा पण्डित बराबरको बौद्धिकता भएकाले उनलाई दशमुखा भनिएको भनेर सम्बोधन गरिएको मान्ने पण्डितहरू पनि छन् । चारवटै वेद र ६ वटै उपनिषद्को ज्ञाता भएकाले उनलाई दश टाउको बराबरको मानेर दशानन (दश र आनन भनेको मुख अर्थात् दशमुख) रुप दिइएको तर्क तिनीहरूको छ । अर्को मान्यता अनुसार रावणको असली टाउको बौद्धिकताको प्रतीक र बाँकी नौ टाउकाले नवरस (शृंगार, वीर, करुण, हास्य, रौद्र, भयानक, विभत्स, अद्भुत र शान्त) ले युक्त पूर्ण मान्छे भएको जनाउने पनि बताउने गरेका छन् । माया अवतार जानेका कारण दश टाउको देखाउन सक्षम भएको भन्नेहरूको पनि कुनै कमी भने छैन ।
बौद्धिकता
रावण बौद्धिक मान्छे भन्नेमा कुनै शंका भएन । अझ रावणलाई आयुर्वेद, ज्योतिर्विद्या र कूटनीति विज्ञको रूपमा रामायणमा स्वीकार गरिएको छ । हिन्दू ज्योतिषविद्याको महत्त्वपूर्ण पुस्तक ‘अरुण संहिता’ र ‘रावण संहिता’का रचनाकार रावण नै थिए । यी दुवै पुस्तकलाई आज पनि ज्योतिष विज्ञानमा महत्वका साथ लिने गरिन्छ । उनले शिव भक्तिको पुस्तक ‘शिव ताण्डव स्तोत्र’ पनि रचना गरेका थिए ।
शिवभक्ति
रावण हिन्दू धर्मका आराध्य देव शिवका भक्तको रुपमा रामायणले चित्रण गरेको छ । तिब्बतस्थित हिमालय क्षेत्रको मानसरोवरमा उनले कडा तपस्या गरेर शिवलाई प्रसन्न बनाएर ‘चन्ऽहाास’ नामक खड्ग पनि उपहार पाएका थिए । रावण नाम पनि शिवबाट नै मिलेको थियो । रावणको अर्थ भयंकर गर्जन भन्ने हुन्छ । शिवलाई खुसी पार्नका लागि ‘शिव ताण्डव स्तोत्र’ आफैंले रचना गरेबाट पनि उनको विद्वता र शिवभक्ति प्रस्ट हुन्छ ।
अमरत्व
शिवबाट बरदान पाउनुअघि नै रावणले तपस्या गरी ब्रहृमाबाट गरुड, नाग, यक्ष, दैत्य, दानव, राक्षस र देवता कसैबाट पनि वध नहुने अमरत्वको वरदान पाएका थिए । तर यो पूर्ण अमरत्व थिएन, बरु आफ्नो प्राण नाइटोमा केन्दीत गरेर राखेका रे । नाभीमा लुकाएको यही अमृतलाई रामले वाण हानेर नष्ट गरेपछि रावणको मृत्यु भएको रामायणमा उल्लेख छ ।
रावणराज्य
लंका राज्यको निर्माण विश्वकर्माले ऋषि विश्वश्रवाका पुत्र कुवेर (रावणको सौतेनी दाजु) का लागि गरिदिएका थिए । विश्वकर्माले यो राज्यलाई निकै सुन्दर बनाएर कुवेरलाई दिए पनि जनता त्यति सन्तुष्ट थिएनन् । तपस्याबाट फर्केपछि कुवेर र रावणबीच मनमुटाव सुरु भयो । र विश्वश्रवाले कुवेरलाई राज्य सञ्चालनबाट पछि हटेर लंकाको राजकाज रावणलाई सुम्पन आदेश दिए । यसरी लंकाको राजा भएका रावणले राज्यलाई समृद्ध बनाउन अनेक पहल गरेका थिए । लंकामा सबैभन्दा गरिबको घरमा पनि खान पिउन स्वर्णपात्र (सुनबाट बनेको भाँडा) को प्रयोग हुन्थ्यो भनेर रामायणमा नै उल्लेख छ । अनेक अन्य राज्यमाथि विजय प्राप्त गर्दै रावणले लंकालाई ठूलो साम्राज्य बनाएका थिए । त्यसपछि लंका राज्यको राजकाज उनले भाइ अभिरावणलाई सुम्पेर आफू सम्पूर्ण साम्राज्यको बादशाह बनेर रहेका थिए ।
सीता अपहरण
यहाँ नारीलाई अपहरण गरिनु ठिक होईन । वनबास जीवन बिताइरहेका राम, उनकी पत्नी सीता र भाइ लक्ष्मणसँगको सम्बन्धका कारण नै रावण सबैभन्दा आलोचित भएका थिए । रावणकी बहिनी शुपर्णखा वनबासी जीवन बिताइ रहेका रामका भाइ लक्ष्मणबाट निकै प्रभावित भएर एकतर्फी प्रेम गर्न लागिन् । लक्ष्मणले कुरुप शुपर्णखालाई कुनै वास्ता नगरेपछि उनी आफौले लक्ष्मणको अगाडि गएर प्रेम प्रस्ताव राखिन् । सनकी स्वभावका लक्ष्मणले शुपर्णखाको यो साहसलाई घोर गाली बेइज्जती गरेर नाक–कान काटेर पठाइदिए । आफ्नी बहिनीको यो हविगत देखेपछि क्रुद्ध रावणले बैनीको बदला लिन सीतालाई बन्धक बनाई आफ्नी बैनीसँग माफी माग्न वा युद्धमा आउन रामलाई चुनौती दिए । सीतालाई अपहरण गरेपनि रावणले कुनै दुर्व्यवहार गरेनन । बरु बन्धक सीतालाई राम्रो हेरचाह र खानपानको व्यवस्था गरे । बन्धक अवधिभर सीतालाई हेर्ने जिम्मा महिलालाई मात्र दिइएबाट पनि रावणको नियतमाथि प्रश्न गर्ने ठाउा थोरै मात्र बाँकी रहन्छ । सायद रावणबाट भन्दा बरु मुक्ति पछि अग्नि परीक्षा गर्ने र पछि गर्भवती अवस्थामा जंगलमा छाड्ने रामले पो सीतालाई बढि पीडा दिएका थिए कि ?
रावणपूजा
रावणलाई देवताकै स्वरुपमा पूजा गर्ने समुदाय पनि छ । भारतको आन्द्र प्रदेश, मध्य प्रदेश, उत्तर प्रदेश, राजस्तान, जोधपुर, गुजरात, कानपुर, कर्नाटक लगायत श्रीलंका, थाइल्यान्ड आदि देशमा रावणका मन्दिर स्थापना भएका छन् । हरेक दशैंको दशमीको दिनमा यहाँ रावणको बलिदानको स्मृति गर्दै पूजा गर्ने गरिन्छ । रावणको कतिपय मन्दिरमा रावणसँगै मन्दोदरी, कुम्भकर्ण र इन्द्रजितको पनि पूजा गर्ने गरिएको पाइन्छ ।
राम–रावण लडाई
राम र रावण दुवै आ–आफुनो क्षेक्रका महाशत्ति थिए । रामायणमा वर्णन गरिए जस्तो सत् र असत्को लडाई थिएन । बरु दुई शक्तिशाली अहंकारहरूको टकराब थियो । तर रामसँग युद्धमा पराजित भएका रामलाई बढी नै देवत्वकरण र रावणको बढी नै दानवीकरण भएको देखिन्छ ।
रावणलाई राक्षस गणको भान्जाका रुपमा पछि परिभाषित गरिएको हुन सक्छ । रामायण र विष्णु पुराणले रावणको मावली वंश नै राक्षस गणको भएकाले उनका दुष्टता जन्मजात भएको लेखेको छ । तर, उही कोखबाट जन्मेको विभिषण भने कसरी उनीहरूको परिभाषामा देवताजस्तो भए भन्नेबारे वाल्मीकि मौन छन् ।
रावणबारे खोज अनुसन्धान
हाल विश्वका विभिन्न कुनामा रावणको असलियतको खोजी तथा अनुसन्धान कार्य पनि सुरु भएको पाइन्छ । रावणको जीवनगाथा र लंकापुरीको बारेमा आनन्द नीलकांतनले ‘असुर, टेल अफ भ्यांक्युइस्ड, द स्टोली अफ रावण एन्ड हिज पिपुल’ अर्थात् असुर स् पराजितहरूको कथा, रावण र उनका जनताहरूको कथा’ नामक एक महाकाव्य नै तयार गरेका छन् । त्यसैगरी आचार्य चतुरसेनले ‘वयम् रक्षामः’ र पण्डित मदन मोहन शर्मा शाहीले पनि तीन भागमा ‘लंकेश्वर’ नामक उपन्यास लेखेको पाइन्छ । भारतमा एकजना दलित अधिकारकर्मी रामास्वामी नायकरले रामायणको विरोधमा तथा रावणको समर्थनमा ‘रावणायण’ नै तयार पारेका छन् । रावणबारे अनुसन्धानहरू भारत र श्रीलंकाका विभिन्न पत्र–पत्रिका तथा वेभसाइटमा पढ्न पाइन्छ ।
म्याग्दीको बेनी नगरपालिका, ५ पुलाहश्रमलाई रावण पार्क बनाउने चर्चा र छलफल भैरहँदा सान्दर्भिक लागरे यो लेख वहसकालागी साभार गरेका हौं । लेख श्रोत ः http://www=ratopati=com/news/8843)

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
