- Loading...
घर रंगाउन चटारो
- पुनहिल डट कम
- ५ साल अघि
- ३३७ पटक पढिएको

म्याग्दी, १६ असोज ।
दशैं संघार छ । ग्रामिण भेगमा गृहणीहरुलाई रातो र कमेरोले पोतेर घर चिटिक्क पार्न हतारो सुरु भएको छ ।
दशैंमा घर रंगाउने प्रचलन पुरानो हो । गाउँका सवै घर कम्तीमा दशैंमा एक पटक रातो, कमेरो र पहेंलो माटोले पोतेर रंगाईन्छ । सहरी क्षेत्रका घर रङ्गाउन, विभिन्न ब्राण्डका रंगहरु, गेरु, चुना र ईनामेलको प्रयोग हुने भएपनि गाउँघरका घर रंग्याउन भने रातोमाटो, पहेंलो र कमेरो माटोकै प्रयोग हुन्छ । गाउँका धेरै घरहरु रातो र सेतो माटोले पोतेर घर रंग्याइन्छ ।
तर पछिल्ला बर्ष ग्रामिण भेगका घर रङ्गाउन पनि रातो गेरु रङ्ग प्रयोग हुन थालेको छ । गाउँ–गाउँमा मोटर पुगेपछि ब्यापारीले ट्याक्टरमा राखेर माटो गाउँ वस्ती पुर्याउन थालेपछि मडकिन्लो र गृहणीको सम्बन्ध टुट्न थालेको छ ।त्यसैगरी घर रङ्गाउन बढ्ने गेरु रङ्गको प्रयोग, सामुदायीक वन विकासले माटो खन्न रोक लगाउनु र माटो खन्दा मडकिन्लोमा पुरिने दुर्घटना बढेपछि बेनी नगरपालिका, १ रत्नेचौरमा माटो खन्ने मेला पातलो बन्दै गएको छ ।
‘श्राद्धमा घर च्योख्याउनु पर्ने र दशैंमा घर रंगाउन रातोमाटो लिन यहाँ आएकी हुँ’ जलजला गाउपालिका, २ धाईरिङ्गकी सरस्वती आचार्यले भनिन्, ‘गाउँलेले पहिरो लाग्छ भन्दै पाखोमा माटो खन्न पनि दिन्नन । ब्यक्तिको बारीमा माटो खनेको भारीको एक सय शुल्क तिर्नु पर्छ ।’
सातामा बुधवार, शुक्रवार र शनिवारका तिन दिन बाहेक अन्य बारमा घरपोत्ने माटो नखन्ने चलन छ । रत्नेचौर स्थित रातोमाटोको मडकिन्लोमा आउनेको संख्या घट्दै गएको छ ।
माटो खन्ने ठाउंलाई मडकिल्नो भन्ने गरिन्छ । रातोमाटो पोतेको घर चिटिक्क परेको राम्रो देखिएपनि माटो खन्न भने सजिलो हुंदैन् । गहिरा सुरुङ जस्ता मडकिल्ना भित्र पसेर माटो झिक्दा मड्किल्नो भत्केर मृत्यु पनि हुने गरेको छ । सामुदायीक वनले माटो खन्दा मडकिन्लोमा पुरिएर ज्यान जाने मात्र होईन पहिरोको जोखिम बढेको भन्दै सामुदायीक क्षेत्रमा रातो माटो खन्न रोक लगाएको छ ।
रत्नेचौर र वरपरका वस्तीबाट रातोमाटो लिन आफै आउँछन । मध्यमदुरीबाट माटे ब्यापारीले लैजान्छन । खड्का, कार्की र घर्ति आदी थरका क्षेत्रीहरुले कमेरा माटोले घर नपोत्ने हुंदा उनीहरुलाई रातोमाटो नभई हुन्न भन्ने मान्यता छ । माथील्लो लेकाली वस्तीमा भने रातो माटो पुर्याउन समस्या हुने भएकोले लेकाली वस्तीका मगर, छन्त्याल समेतका जातीले सेतो कमेरोले मात्र घर रङ्ग्याउने गर्छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
