आज:  | Sat, 02, Jul, 2022

वडा दशैं र रावणको चर्चा

१६ आश्विन २०७६, बिहीबार १६:१९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १५ असोज । संसारभर सत्य र असत्यको प्रायः फैसला जित र हारको इतिहासले निर्धारण गरेको पाइन्छ । जित्नेको प्रशंसा गर्दा गर्दै मान्छे हार्नेको योगदानको चर्चा गर्ने समय नै पाउँदैनन् । वा, जानिजानी बिर्सिदिन्छन ।  जित्नेले हार्नेको अस्तित्व नै नामेट पारिदिन्छन् । आफूलाई देवत्वकरण गर्नकै लागि हार्नेलाई दानवीकरण गरिदिन्छन् । पूर्वीय मिथकमा रावण एउटा त्यस्तै पात्र हो, जो हारेको हुनाले उनको योगदानलाई जित्नेले मेटिदिएका छन् । हामीले पढेको/सुनेको रामायणमा रावणलाई यसरी वर्णन गरिएको छ, मानौं उनी बुद्धि र विवेकहीन क्रुर शासक थिए । तर पछिल्ला खोज तथा अनुसन्धानले भने रावण बल, बुद्धि र सौर्यशाली राजा भएको भनेको छ । यसको मतलब रावण असल र बरु राम बदमास भन्ने तर्क होइन । यहाँ रावणको ओझेल पारिएको पाटो मात्र चर्चा गर्न खाजिएको हो । लंकाको राजा रावण महान ऋषि विश्वश्रवा र राक्षस गणका भयंकर योद्धा सुमालीकी छोरी कैकसीको कोखबाट जन्मेकाले रावणमा बौद्धिकता र लडाकुपन दुवै थियो । रावणका अजंगको ज्यान भएको भाई कुम्भकर्ण, राजकाजमा निपूर्ण अभिरावण नामक भाइ, शुपर्णखा नाम गरेकी कुरूप बहिनी र विभिषण नाम गरेका अर्का भाइ थिए । यसबाहेक रावणका खारा र धुशाना नाम गरेका भाइहरू र खुम्बिणी नामकी बहिनी पनि थिइन् । रावणको विवाह मन्दोदरीसाग भएको थियो, जसको गर्भबाट मेघनाथको जन्म भयो । देवता इन्द्रलाई समेत परास्त गरेका हुनाले यी पराक्रमी युवराजलाई इन्द्रजीत पनि भनिन्थ्यो । रावणका दश टाउकाको अर्थ रावणलाई उनको योगदानको बलस्वरुप दशमुखा अर्थात् दशवटा टाउको भएको भनेर पनि चिन्ने गरिन्छ । तर, वास्तवमै उनको दशवटा टाउको नभएको र दशवटा पण्डित बराबरको बौद्धिकता भएकाले उनलाई दशमुखा भनिएको भनेर सम्बोधन गरिएको मान्ने पण्डितहरू पनि छन् । चारवटै वेद र ६ वटै उपनिषद्को ज्ञाता भएकाले उनलाई दश टाउको बराबरको मानेर दशानन (दश र आनन भनेको मुख अर्थात् दशमुख) रुप दिइएको तर्क तिनीहरूको छ । अर्को मान्यता अनुसार रावणको असली टाउको बौद्धिकताको प्रतीक र बाँकी नौ टाउकाले नवरस (शृंगार, वीर, करुण, हास्य, रौद्र, भयानक, विभत्स, अद्भुत र शान्त) ले युक्त पूर्ण मान्छे भएको जनाउने पनि बताउने गरेका छन् । माया अवतार जानेका कारण दश टाउको देखाउन सक्षम भएको भन्नेहरूको पनि कुनै कमी भने छैन । बौद्धिकता रावण बौद्धिक मान्छे भन्नेमा कुनै शंका भएन । अझ रावणलाई आयुर्वेद, ज्योतिर्विद्या र कूटनीति विज्ञको रूपमा रामायणमा स्वीकार गरिएको छ । हिन्दू ज्योतिषविद्याको महत्त्वपूर्ण पुस्तक ‘अरुण संहिता’ र ‘रावण संहिता’का रचनाकार रावण नै थिए । यी दुवै पुस्तकलाई आज पनि ज्योतिष विज्ञानमा महत्वका साथ लिने गरिन्छ । उनले शिव भक्तिको पुस्तक ‘शिव ताण्डव स्तोत्र’ पनि रचना गरेका थिए । शिवभक्ति रावण हिन्दू धर्मका आराध्य देव शिवका भक्तको रुपमा रामायणले चित्रण गरेको छ । तिब्बतस्थित हिमालय क्षेत्रको मानसरोवरमा उनले कडा तपस्या गरेर शिवलाई प्रसन्न बनाएर ‘चन्ऽहाास’ नामक खड्ग पनि उपहार पाएका थिए । रावण नाम पनि शिवबाट नै मिलेको थियो । रावणको अर्थ भयंकर गर्जन भन्ने हुन्छ । शिवलाई खुसी पार्नका लागि ‘शिव ताण्डव स्तोत्र’ आफैंले रचना गरेबाट पनि उनको विद्वता र शिवभक्ति प्रस्ट हुन्छ । अमरत्व शिवबाट बरदान पाउनुअघि नै रावणले तपस्या गरी ब्रहृमाबाट गरुड, नाग, यक्ष, दैत्य, दानव, राक्षस र देवता कसैबाट पनि वध नहुने अमरत्वको वरदान पाएका थिए । तर यो पूर्ण अमरत्व थिएन, बरु आफ्नो प्राण नाइटोमा केन्दीत गरेर राखेका रे । नाभीमा लुकाएको यही अमृतलाई रामले वाण हानेर नष्ट गरेपछि रावणको मृत्यु भएको रामायणमा उल्लेख छ । रावणराज्य लंका राज्यको निर्माण विश्वकर्माले ऋषि विश्वश्रवाका पुत्र कुवेर (रावणको सौतेनी दाजु) का लागि गरिदिएका थिए । विश्वकर्माले यो राज्यलाई निकै सुन्दर बनाएर कुवेरलाई दिए पनि जनता त्यति सन्तुष्ट थिएनन् । तपस्याबाट फर्केपछि कुवेर र रावणबीच मनमुटाव सुरु भयो । र विश्वश्रवाले कुवेरलाई राज्य सञ्चालनबाट पछि हटेर लंकाको राजकाज रावणलाई सुम्पन आदेश दिए । यसरी लंकाको राजा भएका रावणले राज्यलाई समृद्ध बनाउन अनेक पहल गरेका थिए । लंकामा सबैभन्दा गरिबको घरमा पनि खान पिउन स्वर्णपात्र (सुनबाट बनेको भाँडा) को प्रयोग हुन्थ्यो भनेर रामायणमा नै उल्लेख छ । अनेक अन्य राज्यमाथि विजय प्राप्त गर्दै रावणले लंकालाई ठूलो साम्राज्य बनाएका थिए । त्यसपछि लंका राज्यको राजकाज उनले भाइ अभिरावणलाई सुम्पेर आफू सम्पूर्ण साम्राज्यको बादशाह बनेर रहेका थिए । सीता अपहरण यहाँ नारीलाई अपहरण गरिनु ठिक होईन । वनबास जीवन बिताइरहेका राम, उनकी पत्नी सीता र भाइ लक्ष्मणसँगको सम्बन्धका कारण नै रावण सबैभन्दा आलोचित भएका थिए । रावणकी बहिनी शुपर्णखा वनबासी जीवन बिताइ रहेका रामका भाइ लक्ष्मणबाट निकै प्रभावित भएर एकतर्फी प्रेम गर्न लागिन् । लक्ष्मणले कुरुप शुपर्णखालाई कुनै वास्ता नगरेपछि उनी आफौले लक्ष्मणको अगाडि गएर प्रेम प्रस्ताव राखिन् । सनकी स्वभावका लक्ष्मणले शुपर्णखाको यो साहसलाई घोर गाली बेइज्जती गरेर नाक–कान काटेर पठाइदिए । आफ्नी बहिनीको यो हविगत देखेपछि क्रुद्ध रावणले बैनीको बदला लिन सीतालाई बन्धक बनाई आफ्नी बैनीसँग माफी माग्न वा युद्धमा आउन रामलाई चुनौती दिए । सीतालाई अपहरण गरेपनि रावणले कुनै दुर्व्यवहार गरेनन । बरु बन्धक सीतालाई राम्रो हेरचाह र खानपानको व्यवस्था गरे । बन्धक अवधिभर सीतालाई हेर्ने जिम्मा महिलालाई मात्र दिइएबाट पनि रावणको नियतमाथि प्रश्न गर्ने ठाउा थोरै मात्र बाँकी रहन्छ । सायद रावणबाट भन्दा बरु मुक्ति पछि अग्नि परीक्षा गर्ने र पछि गर्भवती अवस्थामा जंगलमा छाड्ने रामले पो सीतालाई बढि पीडा दिएका थिए कि ? रावणपूजा रावणलाई देवताकै स्वरुपमा पूजा गर्ने समुदाय पनि छ । भारतको आन्द्र प्रदेश, मध्य प्रदेश, उत्तर प्रदेश, राजस्तान, जोधपुर, गुजरात, कानपुर, कर्नाटक लगायत श्रीलंका, थाइल्यान्ड आदि देशमा रावणका मन्दिर स्थापना भएका छन् । हरेक दशैंको दशमीको दिनमा यहाँ रावणको बलिदानको स्मृति गर्दै पूजा गर्ने गरिन्छ । रावणको कतिपय मन्दिरमा रावणसँगै मन्दोदरी, कुम्भकर्ण र इन्द्रजितको पनि पूजा गर्ने गरिएको पाइन्छ । रामरावण लडाई राम र रावण दुवै आ–आफुनो क्षेक्रका महाशत्ति थिए । रामायणमा वर्णन गरिए जस्तो सत् र असत्को लडाई थिएन । बरु दुई शक्तिशाली अहंकारहरूको टकराब थियो । तर रामसँग युद्धमा पराजित भएका रामलाई बढी नै देवत्वकरण र रावणको बढी नै दानवीकरण भएको देखिन्छ । रावणलाई राक्षस गणको भान्जाका रुपमा पछि परिभाषित गरिएको हुन सक्छ । रामायण र विष्णु पुराणले रावणको मावली वंश नै राक्षस गणको भएकाले उनका दुष्टता जन्मजात भएको लेखेको छ । तर, उही कोखबाट जन्मेको विभिषण भने कसरी उनीहरूको परिभाषामा देवताजस्तो भए भन्नेबारे वाल्मीकि मौन छन् । रावणबारे खोज अनुसन्धान हाल विश्वका विभिन्न कुनामा रावणको असलियतको खोजी तथा अनुसन्धान कार्य पनि सुरु भएको पाइन्छ । रावणको जीवनगाथा र लंकापुरीको बारेमा आनन्द नीलकांतनले ‘असुर, टेल अफ भ्यांक्युइस्ड, द स्टोली अफ रावण एन्ड हिज पिपुल’ अर्थात् असुर स् पराजितहरूको कथा, रावण र उनका जनताहरूको कथा’ नामक एक महाकाव्य नै तयार गरेका छन् । त्यसैगरी आचार्य चतुरसेनले ‘वयम् रक्षामः’ र पण्डित मदन मोहन शर्मा शाहीले पनि तीन भागमा ‘लंकेश्वर’ नामक उपन्यास लेखेको पाइन्छ । भारतमा एकजना दलित अधिकारकर्मी रामास्वामी नायकरले रामायणको विरोधमा तथा रावणको समर्थनमा ‘रावणायण’ नै तयार पारेका छन् । रावणबारे अनुसन्धानहरू भारत र श्रीलंकाका विभिन्न पत्र–पत्रिका तथा वेभसाइटमा पढ्न पाइन्छ । म्याग्दीको बेनी नगरपालिका, ५ पुलाहश्रमलाई रावण पार्क बनाउने चर्चा र छलफल भैरहँदा सान्दर्भिक लागरे यो लेख वहसकालागी साभार गरेका हौं । लेख श्रोत ः http://www=ratopati=com/news/8843)