FLASH NEWS
  • Loading...

शान्ति समाजको अध्यक्षमा नवराज पौडेल चयन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १३० पटक पढिएको
शान्ति समाजको अध्यक्षमा नवराज पौडेल चयन

म्याग्दी, १५ असोज ।

मानव अधिकार तथा शान्ति समाज म्याग्दीको मंगलवार बेनीमा सम्पन्न दशौं जिल्ला अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत कार्यसमितिको उपसभापतिमा सन्तोष गौतम, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्षमा मुकुन्दप्रसाद पौडेर र सहसचिवमा भीमकुमारी बानियाँ चयन भएका छन । त्यसैगरी सदस्यहरुमा नवराज रिजाल, सन्तोष ढुङ्गाना, विष्णुप्रसाद आचार्य, विज्ञान सुवेदी, निरमायाँ मिजार, विनोद श्रेष्ठ, हरी गिरी र सूर्यबहादुर तिलिजा रहेका छन ।

जेष्ठ नागरिक नैनकुमार श्रेष्ठले उद्घाटन गरेको अधिवेशनमा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्दीय उपाध्यक्ष रामजीप्रसाद सुवेदी, उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकर्माचार्य, नागरिक समाजका सुर्दशन श्रेष्ठ, समाजका पूर्व अध्यक्ष सञ्जय श्रेष्ठ, गैससका हरी पौडेल, पत्रकार महासंघका गोरखनाथ सुवेदी र जेसिजका विरेन्द्र श्रेष्ठले अधिवेशन सफलताको सुभकामना दिएका दिए ।