आज:  | Fri, 01, Jul, 2022

भुपू सैनिकको चौधौं साधारण सभा सम्पन्न

१३ आश्विन २०७६, सोमबार १०:५७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १३ असोज । म्याग्दी– बेनी नगरपालिका, ८ बेनी कोटभण्डार स्थित भूपुसैनिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाको आफ्नै सभा हलमा आयोजित साधारण सभाको प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे । सधारण सभा उद्घाटन गर्दै थापाले भने, ‘साना ब्यवसायी एवं ग्रामणि अर्थतन्त्रको मेरुदण्ड हुन । सामाजिक उत्तरदायीत्व पनि सहकारीले निर्वाह गरेका छन ।’ सांसद थापाले थपे, ‘तर सहकारी संस्थाहरु शिद्धान्त विपरित चलेको आरोप छ । बचत तथा ऋण सहकारी संस्था नाफा आर्जन गर्न चलेको भएपनि सहकारीको शिद्धान्तलाई विर्सनु हुँदैन ।’ त्यसैविच १४ बर्षदेखी बचत तथा ऋण सहकारीको रुपमा संञ्चालित भुतपूर्व सैनिक सहकारीले जोखिम कोषमा ११ लाख ६३ हजार २ सय २९ रुपैयाँ छुट्याई आयकर बाहेक शेयर सदस्यले पाउने गरी यस बर्ष १६ लाख ६ हजार तीन सय ९१ रुपैयाँ खुद मुनाफा गरेको छ । संस्थाले अघिल्लो वर्षभन्दा ४ लाखबढी खुद मुनाफा बृद्धी गरेको जनाएको छ । एक करोड ५० लाख ९६ हजार नौ सय चुक्ता पुँजी रहेको संस्थामा एक हजार १ सय ३३ जना शेयर सदस्य आवद्ध छन । संस्थाले आव ०७५/०७६ सालमा १६ करोड ६ लाख ४१ हजार पाँच सय रुपैयाँ कारोवार गरेको छ । गत आवमा संस्थाले १२ करोड ९३ लाख ३७ हजार सात सय बचत संकलन तथा ११ करोड ६६ लाख ७४ हजार सात सय १२ रुपैया लगानी गरेको छ । ‘हामी सहकारीको शिद्धान्त, भावना र मर्म अनुरुप नै चलेका छौं । संस्थालाई आधुनिकिकरण गरिएकोले पारदर्शी र प्रभावकारी बनेका छौं’ संस्थाका अध्यक्ष बालकृष्ण सुवेदीले भने, ‘कम जोखिमयुक्त ऋण लगानी छ । हामीले मुनाफा आर्जन गर्ने मात्र होईन सामाजिक उत्तरदायीत्व विभिन्न क्षेत्रमा पनी खर्च गर्ने गरेका छौं ।’ त्यसैविच संस्थाले सामाजिक उत्तरदायित्व अर्न्तगत हालै बाढीले वेपत्ता बनाएका बालिकाद्धय प्रविणा र आयुष्मा परियारका परिवारलाई १०,०००।– का दरले र बाढीबाट घर गुमाएका रेशम जुग्जालीलाई र बुद्ध बोर्डिङ्ग स्कुललाई १० हजार आर्थिक सहयोग गरेको छ । त्यसैगरी प्रकाश माविकी सुस्मिता कार्की, देवी मल्ल, रघुगंगा गापा, ३ मौवाफाँट स्थित ज्ञानोदय माविका  जविका भण्डारी र सञ्जय खत्रीलाई जनही ७ हजार ५ सय रुपैयाँका दरले जेहेन्दार विद्यार्थीको छात्रबृत्ति प्रदान गरेको छ ।