FLASH NEWS
  • Loading...

बेनीमा ‘लभ मेकिङ स्पट’ पुग्ने पदमार्ग उद्घाटन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३५१ पटक पढिएको
बेनीमा ‘लभ मेकिङ स्पट’ पुग्ने पदमार्ग उद्घाटन

म्याग्दी, १२ असोज ।
बेनी नगरपालिका, २ खवरा स्थित खवराको डिल ‘लभ मेकिङस्पट’ पुग्ने बेनी–लभ्लीहिल पदमार्गको आईतवार एक कार्यक्रम विच प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे ।

सदरमुकाम बेनीको ठीक पारी अवस्थित खवराको पाखो अहिले लभर्स हिलको नामले परिचित छ । लभर्स हिल बेनीबाट भर्टिकल हाईट २ सय ५० मिटर माथी अवस्थित छ । बेनी–लभ्लीहिल पुग्न ७४ लाख ७३ हजार ६ सय ९ रुपैयाँ लागानीमा ६ सय ३० मिटर उकालो सिंढीसहितको ‘मोना लभ्लीहिल पदमार्ग’ निर्माण गरिएको हो ।

बेनी नगरपालिकाले तन्नेरी पुस्ताको शालीन र भद्र शैलीमा मायाँपिरती साट्ने ‘लभ मेकिङ स्पट’ घोषणालगरी प्रेमिल पर्यटकीय गन्तब्यमा पूर्वाधार निर्माण थालेको हो । लभ्लीहिल पुग्ने पदमार्ग अप्ठ्यारो भएकोले सजिलो पदमार्ग बनाईएको हो । युवा तथा अधवैंसे जोडिको मुख्य प्रेम साट्ने गन्तब्य बन्न थालेपछि स्थानियवासी र बेनी नगरपालिका लभ्लीहिलमा पूर्वाधार थप्न थालेका हुन ।

‘खवराको डाँडो प्रेम वगैचाको रुपमा विकसित भैरहेको र त्यहाँ पुग्न सजिलो पदमार्ग आवश्यक भएपनि उद्योग वाणिज्य संघको अगुवाईमा बेनी नगरपालिकासँग ५०/५० साझेदारीमा पदमार्ग निर्माण गरेका हौं’ म्याग्दी प्रवासी नेपाली संघ (मोना)का अन्तराष्ट्रिय समितिका अध्यक्ष चक्रबहादुर थापाले भने, ‘हामीले जीवनका उर्वर उमेर/समय विदेशमा वितायौं तर गाउँमा रहेका तन्नेरी पुस्ताको मर्यादित प्रेमका लागी आर्कषक प्रेम पार्क बन्ने विश्वास छ ।’
बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ (मोना) र उद्योग वाणिज्य संघको साझेदारीमा पदमार्ग निर्माण भएको हो । बेनी–लभ्लीहिल पदमार्ग निर्माण समितिकी कोषाध्यक्ष सुनिता आमी केसीका अनुसार पदमार्ग बनाउन बेनी नगरपालिकाको ५० प्रतिशतले हुने ३७ लाख ३६ हजार ८ सय ५, मोनाको ४० प्रतिशतले हुने  २९ लाख ८९ हजार ४ सय ४४ र म्याग्दी उद्योग वाणिज्य संघको १० प्रतिशतले हुने ७ लाख ४७ हजार ३ सय ६० रुपैयाँ खर्च भएको छ ।

लभ्लीहिललाई पर्यटकिय गन्तब्य बनाउन ध्रुवराज कार्कीको अध्यक्षतामा छुट्टै लभ्लीहिल पर्यटन पूर्वाधार विकास समिति पनि सकृय छ । समितिले पर्यटन कार्यालय पोखराको ५ लाख, बेनी नगरपालिकाबाट ४ लाख २५ हजार, बेनी नगर २ नम्बर वडाबाट ५ लाख र श्रमदान ७५ हजार जुटाएर डाँडाको डिलमा ५ सय मिटर लामो दुई र तीन लाईन भएको रेलिङ्ग राख्नुका साथै घामपानीबाट ओत लाग्न गोलघर बनाएको छ । छुट्टै १५ वटा विच विचमा आराम कर्ची राखेको छ ।
‘अस्लिल हर्कत’ गरी सामाजिक सद्भाव भत्काएको आरोपमा प्रहरीले सदरमुकाम र वरपरका होटल, रेष्टुरेन्टमा छापा मारी प्रेम र वैंस साट्न आतुर प्रेमी–प्रेमिका पक्राउ गर्न थालेपछि सुरक्षित स्थल खोज्दै म्यादी खोला हाँडेभिरको पाखो र जंगल प्रहरी र आफन्त नजरबाट जोगिएर उन्मुक्त प्रेम गर्ने थलो बनेको हो । पछिल्लो ५–६ बर्षमा  हाँडेभीर–खवराको डिललाई समाजले नयाँ नाम दिएको हो, ‘लभर्स हिल’ ।

‘केही वर्ष अघिसम्म यो डाँडाको कसैलाई वास्ता थिएन । अहिले युवायुवतीको आकर्षण बढेपछि हामी स्थानियबासी लभर्स हिललाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न जुटेका छौं’ समितिका अध्यक्ष ध्रवराज कार्कीले भने, ‘लभर्स हिलको पर्यटन विकास गर्न डिटेल प्रोजेक्ट रिपोर्ट बनाउने क्रममा छौं । सामुदायीक रुपमा काम गर्ने कि लभर्स हिललाई प्राईभेट क्षेत्रलाई दिने छलफल क्रममा छौं ।’
समुदाय र प्रवासी म्याग्देलीले मात्र होईन स्थानीय सरकारले पनि लभर्स हिलको पर्यटन पूर्वाधार निर्माण र प्रेम पार्क बनाउन थप बजेट विनियोजन गरेको छ । बेनी नगरपालिकाले छुट्टै लभर्स हिल समेतका पर्यटकीय गन्तब्यलाई समेटेर रामायण पार्क बनाउने गूरु योजना बनाउन ५० लाख बजेट समेत विनियोजन गरेको छ ।

‘लभर्स हिललाई प्रेमी जोडिले र्फुर्सदको उपयोग गर्ने थलो मात्र लभ मेकिङ स्पट बनाउन चाहेका छौं’ बेनी नगरपालिकाको युवा तथा भौतिक पूर्वाधार समिति संयोजक कृष्णकुमार विकले भने, ‘बेनी नगर क्षेत्रमा सवै खाले उमेर समुहकालागी पार्क आवश्यक छ । वालउद्यान, प्रेम वगैंचा, बृद्धबृद्धाहरुकालगाी भजन चौतारी जस्ता पार्क निर्माण योजनामा काम भैरहेको छ ।’
लभर्स हिलबाट पर धौलागिरी हिमश्रृखला मुन्तिर तरेली परेका पहाडको हरिया फाँटको मनोरम दृष्य देखिन्छ । दायाँ र बाँयाकोखाबाट नागवेली भै सलल बग्दै झरेका काली र म्याग्दी नदी । संगममा छ, प्रेमीको सहर बेनी । लभर्स हिलको विचमा पूर्व–पश्चिम फैलिएको जंगल छ । र हत्तपत्त कोही नपुग्ने जंगलका रुख र झाडीमा छेलिएर प्रेम साट्न आतुर वैशालु जोडी झाडीको ओझेलमा मायाप्रीत लगाउन हतारो गर्ने जोडी प्रशस्त भेटिन्छन ।

‘निर्भयपूर्वक चोखो र पवित्र मायाँ साट्ने प्राणीहरुको नैसर्गिक अधिकार हो’ लभ मेकिङ स्पटका अभियन्ता तथा म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले भने, ‘सहरीकरणले सार्वजनीक स्थल मासिकोले युवायुवतीलाई छुट्टै प्रेम साट्ने प्रेम पार्क आवश्यक छ । र त्यो लभर्स हिल उपयुक्त छ ।’

लभर्स हिलसम्म बेनीबाट पदयात्रा गर्दा ४० मिनेटमा पुग्न सकिन्छ । मोटरमा पुग्न चाहनेहरुले भने बेनीदेखी हाँडेभिरहुँदै बगरफाँटबाट माथी जंगल भित्र कच्ची सडकको घुम्ती छिचोल्दै १० मिनेटमै पुग्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल