आज:  | Fri, 01, Jul, 2022

न्यू वेष्टपोईनटको बृहत खेलकुद महोत्सव समापन

१२ आश्विन २०७६, आईतवार ०२:४४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १२ असोज । बेनी स्थित न्यू वेष्टपोईन्ट आवसीय माध्यामिक विद्यालयले आयोजना गरेको आन्तरिक बृहत खेलकुद महोत्सवको शनिवार समापन भएको छ । विद्यालयले आयोजना गरेको खेलकुद सप्ताहमा फिल्ड तर्फ कलेज, कक्षा ११, १२ र विद्यालय तहका छात्र/छात्रा भलिवल, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, सटपुट, ज्याभलिन थ्रो, तीन हजार, पन्ध्रसय, आठ सय, चार सय, दुई सय र एक सय मिटर दौड, रिले दौड, चेस, टेवल टेनिस, तेक्वान्ण्डो लगाएतका प्रतियोगिता संञ्चालन गरेको जनाएको छ । खेलकुद महोत्सवमा अभिभावक विच पनि छुट्टै लठ्ठो तान्ने लगाएतका विभिध खेलकुद कार्यक्रम पनि सञ्चालन गरिएको थियो । जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न खेलकुद महोत्सवको समापन कार्यक्रममा विभिन्न खेल प्रतियोगिताका विजयी खेलाडी तथा टिमलाई पुरस्कृत गरियो । खेलकुद समापन अघि विहान न्यू वेष्टपोईन्ट कलेज तथा विद्यालयका छात्रा/छात्रले मार्चपास तथा मशाल दौड, मन्टेश्वरीका बालबालिकाले ड्रिल नृत्य, तेक्वान्डो तथा उशुका खेलाडीले कला प्रस्तुत गरे ।