आज:  | Sat, 02, Jul, 2022

निर्मल पुर्जालाई मनास्लुमा पनि सफलता

१० आश्विन २०७६, शुक्रबार १२:२९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, १० असोज ।किर्तिमानी आरोही निर्मल पुर्जाले गोर्खा जिल्लामा अवस्थित संसारको आठौं अग्लो ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको शुक्रवार सेप्टेम्बर २७ तारेखको विहान सफल आरोण गरेका छन ।७ महिनामा संसारका ८ हजार मिटर अग्ला सवै १४ वटै हिमाल चढ्ने महत्वकाँक्षी ‘प्रोजेक्ट पोसिवल १४/७’ अभियानमा जुटेका आरोही निर्मलले अभियानको अन्तिम दोस्रो अर्थात १३ औं हिमाल आरेहणमा गरेका छन ।तिब्बतको ८ हजार २ सय १ मिटर अग्लो चो ओयु हिमाल आरोहण गरेको चौंथो दिन मनास्लु हिमाल आरोहणमा सफलता मिलेको पुर्जालाई आरोहणमा लिएर गएको ईलिट हिमालय एडभेन्चर (भ्ष्तिझ ज्ष्बबिथबल ब्मखभलतगचभ)ले जनाएको छ । ईलिट हिमालय एडभेन्चरका अनुसार पुर्जाको साथमा मिङ्मा डेभिड शेर्पा (आरोहण लिडर), गेसमान तामाङ, गेल्जेन शेर्पा, लाक्पा डेण्डी शेर्पा, काल्डेन शेर्पा, कसाङ शेर्पा र प्रभु सोनाम शेर्पासहित ८ जनाको टोलीले शुक्रवार विहान मनास्लु हिमाल आरोहण गरेको हो । निर्मल पुर्जाबाहेक थप ७ जनाको अर्को टोली पनि एलिट एडभेन्चरले मनास्लु चुचुरोमा पुर्‍याएको छ ।‘प्रोजेक्ट पोसिवल १४/७’ अभियान अर्न्तगत निर्मल पुर्जाले गत अप्रिल १३ मा जन्मथलो म्याग्दीमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल गत अप्रिल १३ मा आरोहण गरी अभियानको सफलता यात्रातय गरेका थिए । पुर्जाको अभियान ‘प्रोजेक्ट पोसिवल १४/७’ अर्न्तगतको अन्तिम हिमाल तिब्बत स्थित शिशापङ्गामा हिमाल आरोहण गर्न भने कानुनी अल्झन आएको छ । चीन सरकारले यसै वर्षदेखी यो हिमाल आरोहणमा रोक लगाएकोले पुर्जाको अभियानमा अल्झन आएको हो ।‘शिशापङ्गामा हिमाल आरोहणमा प्राविधिक अल्झन छ । छिट्टै नेपाल सरकारले कुटनितिक पहल मार्फत समाधान निक्लने छ । म शिशापङ्मा हिमाल उक्लन आतुर छु’ अल्झन बारे पुर्जाले फेसवुक स्टाटसमा लेखेका छन ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित पुख्यौली थलोमा माध्यामिक विद्यालय तहको शिक्षापछि उच्च शिक्षा हाँशिल गर्न पोखरा झरेका पुर्जा सन् २००३ मा व्रिटिश गोर्खा क्याम्बाट छनौट भै वेलायती सेनामा प्रवेश गरो हुन । सन् २००९ देखी ‘युके स्पेशल फोर्समा संलग्न भएका पुर्जाले वेलायती सेनामै रहँदा सन २०१२ देखी हिमाल आरोहण सुरु गरेका हुन । पुर्जाले वेलायती सेनाको टोलीबाटै तीन पटक सगरमाथा, ल्होत्से, मकाली र धौलागिरी हिमाल आरोहण गरीसकेका थिए । पुर्जा सेवामै रहेर सगरमाथा चढ्ने पहिलो गोर्खा सैनिक हुन । निर्मल पुर्जाले यस अघि ५ दिनमा ८ हजार मिटर अग्ला ल्होत्से र मकालु चढेर, १० घन्टा १५ मिनेटमा सगरमाथादेखी ल्होत्स आरोहण गर्ने र १५ दिनमा सगरमाथा दुई पटक, मकालु, ल्होत्से एक–एक पटक चढेर गिनिज वुक आफ वर्ड रेकड राखिसकेका छन । पुर्जा ब्रिटिश गोर्खा सैनिकमा स्पेशल फोर्समा आवद्ध भएकोले यी समाचार बाहिर आएका थिएनन ।‘प्रोजेक्ट पोसिवल १४/७’ अभियान अर्न्तगत किर्तिमानी आरोही निर्मल पुर्जाले आरोहण गरेका हिमाल र आरोहण मिती यस प्रकार छन ।अन्नपूर्ण प्रथम      २३ अप्रिल २०१९धौलागिरी प्रथम      १२ मे २०१९कन्चनजंगा   १५ मे २०१९ल्होत्से २२ मे २०१९सगरमाथा    २२ मे २०१९मकालु २४ मे २०१९नागा पर्वत   ३ जुलाई २०१९ग्रेसरव्रुम पहिलो     १५ जुलाई २०१९ग्रेसरव्रुम दोस्रो       १९ जुलाई २०१९माउण्ट के टु  २४ जुलाई २०१९ब्रोड पिक     २६ जुलाईचो ओयु      २३ सेप्टेम्बरमनास्लु      २७ सेप्टेम्बरशिशा पङ्गमा – बाँकी । (चीन सरकारले यो हिमाल आरोहणमा यसै वर्षदेखी रोक लगाएकोले अभियान विशेष कुटनितीक प्रयास भैरहेको ।)

सवै तस्वीर श्रोत ः गुगल ।