आज:  | Fri, 01, Jul, 2022

कालीपुल युनाईटेड कप फुटवल सुरु

७ आश्विन २०७६, मंगलवार ११:११ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, ७ असोज । सदरमुकाम बेनीको खुल्ला मञ्चमा मंगलवारदेखी तेस्रो कालीपुल युनाईटेड कप ९ ए साईड खुल्ला फुटवल प्रतियोगिताको सुरु भएको छ । विकास र शान्तिकालागी युवा नेतृत्व मुल नारासहित सुरु प्रतियोगिताको प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे । प्रतियोगिता असोज ११ गतेसम्म संञ्चालन गर्ने योजना छ । १७ टिम सहभागी कालीपुल युनाईटेड कप फुटवल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ३५ हजार ५ सय ५५ र दोस्रोलाई ७५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ । त्यसैगरी अनुसाशित टिमलाई ७ हजार ७ सय ७७, उत्कृष्ट खेलाडी, डिफेण्डर, मिडफिल्ड, गोलकर्ता र गोलरक्षकलाई जनही ५ हजार ५ सय ५५ नगद पुरस्कार गरिएको क्लवका अध्यक्ष विकास पुनले बताए ।