Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बाढीले दुई बालिका बगायो, विद्यालय समेत ८ घर पुरिए

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३९ पटक पढिएको
बाढीले दुई बालिका बगायो, विद्यालय समेत ८ घर पुरिए

म्याग्दी, ५ असोज ।

भिषण वर्षापछि बेनी नगरपालिका, २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुई बालिका बगाउँदा वेपत्ता छन ।

राती ११ बजे कोटखोला खहरेमा आएको बाढीले बगाउँदा ७ बर्षिया अनुस्का र १० बर्षिया प्रविना परियारलाई बगाउँदा वेपत्ता भएका हुन । वेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ । बाढीले १७ केठा भएको बुद्ध बोर्डिङ्ग सेकेण्डरी स्कुल पूर्ण पुरिएको छ ।

विद्यालयको होस्टेल तर्फको भवनको भुई तलामा क्षति पुगेपनि होस्टेलमा रहेका सवै ३० जना विद्यार्थी भने सकुसल छन । बाढीले दीपक जुग्जालीको घरपसल, कुखुरा फार्मसमेत सेते सार्की, कलिमान दर्जी, रामाया परियार, पार्वती परियार, गुप्ते दर्जी र रेशम दर्जीको घर पुरै बगाएको छ ।

‘ठूलो पानी परिरहेकोले बाहिर निक्लने अवस्था थिएन । हामी सुतेका थियौं राती १२ बजेतिर छिमेकीले फोन गरी खोलामा बाढी आएको छ, छिटो भाग भनेपछि केटाकेटी च्यापेर बुद्ध स्कुलको पछाडीबाट भाग्ने क्रममा स्कुल नै भत्केर बाढी आयो’ राम मायाँ परियारले भनिन, ‘म र बैनी ३ वटा काखे बच्चा बाढीले बगाउँदै गर्दा बाहिर निक्लेर बाँच्यौं । बैनीका दुई छोरीहरु र घर बाढीले कता लग्यो, लग्यो पत्तो भएन ।’

वेपत्ता प्रविना परियार बेनी सामुदायीक विद्यालयको कक्षा ४ मा अध्ययनरत थिईन । सोही विद्यालयको जुनियर कक्षामा अध्ययनरत अनुस्का परियार सोही ठूली आमाको घरमा पाहुना गएकी हुन । बुद्धी बोर्डिङ स्कुलको आड लागेर पछाडीपट्टी ब्लगकोघर बनाएर बसेका थिए, राममायाँ र पार्वती परियार दिदीबहिनी । तर जुन भवनको आड खोजेको हो त्यही भवन दुखान्त घट्नाको कारण वन्न पुग्यो ।

धानखेतको विचमा अवस्थित बुद्ध बोर्डिङ्ग स्कुलको माथी खाली ठूलो चौर छ । चौर छोडेर ब्लकको अग्लो कम्पाण्ड भित्र ठूलो खेलमैदान र डिलपट्टी लामो विद्यालय भवन अवस्थित थियो । भिषण बर्षापछि कोटखोला खहरेमा अकस्मात आएको बाढीले धार परिर्वतनगरी खहरे किनाराका घरहरु बगाउँदै बाढी स्कुल पसेको हो । बाढी स्कुलमाथीको चौरमा तालिएपछि भत्केर स्कुल भित्र पसेको र स्कुलकामा करिव एक घन्टा ताल परेपछि बाढी भवन भत्काएर निक्लेको थियो ।

‘होस्टेल साईडमा थियो । भीषण पानी परेकोले कोही पनि बाहिर निक्लने अवस्था थिएन । अकस्मात विद्यालय भवन भत्केर गड्याङ गरेपछि थाहा भएको हो । बाढी पसेपछि राती १२ बजे प्रहरीको सहयोगमा विद्यार्थीलाई बाहिर निकालेर सुरक्षित स्थानमा लगेका हौं’ विद्यालयका प्रिन्सीपल ध्रुवसागर शर्माले भने, ‘आईतवारदेखी नियमित कक्षा संञ्चालन गर्ने अवस्था नभएको र दशैंको संघारमा भएकोले अव विद्यालय तिहारपछि खुल्नेगरी विदा गर्ने तयारीमा छौं ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल