आज:  | Tue, 05, Jul, 2022

करेन्ट लागेर मजदुरको मृत्यु

४ आश्विन २०७६, शनिबार १३:४५ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, ४ असोज । मंगला गाउ“पालिका, २ बाबियाचौरमा घर निर्माणमा संलग्न एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार विहान स्थानियको आरसिसि घर निर्माणक्रममा फलामको रड उठाउन लाग्दा माथीको विधुत लाईनमा छोईदा करेन्ट लागेर शैलुङ गाउ“पालिका, ३ दोलखाका २६ बर्षिय पेमा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागी घाईते तामाङलाई उपचारकालागी सदरमुकाम बेनी अस्पताल पुर्‍याईएकोमा डाक्टरले मृत्यु घोषणा गरेका थिए । मृतकको आईतवार पोष्टमार्टम पछि आफन्तलाई शव बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ध्रुव शर्माले बताए ।