- Loading...
फेवातालमा जलकुम्भीको जगजगी
- पुनहिल डट कम
- ५ साल अघि
- ४०६ पटक पढिएको

हरेक बर्खामा फेवाताल जलकुम्भीले ढाकिन्छ । यो वर्ष असार–साउनमा उतिसारो पानी परेन । भदौमा समेत हर्पन खोला उर्लिने गरी बढेन । भदौ अन्तिमदेखि परेका अविरल वर्षाले भने हर्पन खोला हृवात्तै बढ्यो । भदौ ३१ रातिको ठूलो वर्षाले फेवातालको उपल्लो भेगमा भएको जलकुम्भी हर्पनले बगाएर तल्लो भेगतिर ल्यायो । यतिखेर जलकुम्भीले पुरै ताल ढाकेको छ ।
हल्लनचोक, बाराहीघाट, डिहीकोपाटन, बसुन्धरापार्क, ड्यामसाइड किनारमा जलकुम्भी छपक्कै छ । स्थानीय डुंगा व्यवसायी भुवन परियार यतिधेरै जलकुम्भी पहिलोपल्ट देखेको बताउँछन् । ‘७–८ वर्षदेखि जलकुम्भी बगाएर ल्याउथ्यो,’ उनी भन्छन्, ‘यतिधेरै बगाएर ल्याएको पहिलोपल्ट हो ।’
डुंगा व्यवसायी समिति, सुरक्षाकर्मी, स्थानीय आमा समूह, क्लब, विभिन्न संघसंस्थाले जलकुम्भी झार फाल्दै आएका छन् । गत वर्षदेखि भने मेसिनबाट जलकुम्भी झार फाल्ने गरिएको छ । जलकुम्भी यतिधेरै छ कि सबै सफा गर्न एकदेखि डेढ महिना लाग्छ । पर्यटकीय मौसम सुरु भएको बेलामा फेवाताल जलकुम्भीले ढाकिएपछि पर्यटन व्यवसायी चिन्तित छन् ।
मेसिनले हाल दिनमा १५–१६ ट्रिप जलकुम्भी झार निकाल्छ । एक ट्रिपमा २ टन झार निकाल्ने मेसिन अपरेटर सरोज पुनले बताए । मेसिनले एक घण्टामा ४.५ लिटर डिजेल खपत गर्छ । मेसिन मात्रैले झार फाल्न एक महिनाभन्दा बढी लाग्ने पोखरा महानगरपालिका अन्तर्गत फेवाताल संरक्षण आयोजनाका सुपरभाइजर ध्रुवबहादुर गोदार बताउँछन् । ‘मेसिनले मात्रै चाँडै फाल्न सकिँदैन,’ उनी भन्छन्, ‘पोखराका विभिन्न संघसंस्था मिलेर झार फाल्नुको विकल्प छैन ।’
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपैयाँमा मेसिन ल्याइएको हो । क्यानडाबाट ल्याइएको मेसिनको तौल २ टन छ । मेसिनको लम्बाइ ३६ फिट र चौडाइ ८.५ फिट छ ।
कान्तिपुर अनलाईनमा दिपक परियारले लेखेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
