- Loading...
हुवावेले गूगल एप्स बिनाको नयाँ फोन सार्वजनिक गर्दै
- पुनहिल डट कम
- ५ साल अघि
- १६९ पटक पढिएको

हुवावेले गूगल सिस्टम बिनाको आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।विश्वको सबैभन्दा ठूलो दुरसञ्चार उपकरण निर्माता र दोस्रो ठूलो स्मार्टफोन बेच्ने प्रविधि कम्पनीको रुपमा रहेको हुवावेले बिहीबार म्यूनिखमा आफ्नो नयाँ स्मार्टफोन मेट ३० लन्च गर्दैछ ।
मे महिनामा अमेरिकाद्धारा हुवावेलाई व्यापारको कालोसूचीमा राखेपछि बजारमा हुवावेको यो पहिलो स्मार्टफोन सिरिज सार्वजनिक हुनेछ । कम्पनीले आफ्नो नयाँ उत्पादनमा गूगल एप्स र त्यसका सेवाहरु पूर्ण रुपमा बन्देज नै गर्ने भएको छ । केही समय पहिले अमेरिकाले हुवावेलाई एनटिटी सूचीमा शामिल गरेका कारण गूगलले हुवावेमाथि प्रतिबन्ध लगाएको बताइएको थियो ।
मेट ३० गूगलको ओपन सोर्स एन्ड्रोइड अपरेटिङ सिस्टमका साथ आउनेछ । तर गूगल प्ले स्टोर तथा यूट्यूब, जीमेल र गूगल म्याप जस्ता चर्चित र महत्वपूर्ण एपहरुको पहुँच भने हुनेछैन । गूगल म्यापसँग जोडिएका अन्य थर्ड पार्टी एप्सहरुले पनि गूगल सर्भिस बिना काम गर्ने छैनन ।
गत वर्ष स्मार्टफोन र अन्य उपभोग्य सामग्रीले हुवावेको राजस्वको आधाभन्दा बढी हिस्सा धानेको थियो । तर अब सार्वजनिक हुन लागेको नयाँ स्मार्टफोन गूगल सर्भिस मार्फत् उपलब्ध हुने लोकप्रिय एप्सको पहुँच बिना अन्तराष्ट्रिय ग्राहकहरुलाई थोरै मात्र आकर्षण गर्ने अर्थात् कम रोजाईमा पर्ने विश्वास विश्लेषकहरुको रहेको छ ।
यसै वर्ष हुवावेका संस्थापक रेन झेंगफेईले अमेरिकी प्रतिबन्ध लागू भएपछिको महिनामा मात्र विश्वव्यापी स्मार्टफोनको विक्रीमा ४० प्रतिशतको गिरावट आएको बताए । विशेष गरी यूरोप हवावेको स्मार्टफोनका लागि सफल बजारका रुपमा रहेको थियो । कम्पनीले सन् २०१८ मा पश्चिम यूरोपमा मात्र २ करोड ६३ लाख स्मार्टफोन पठाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले धेरै हो ।
हुवावेको मेट ३० को नयाँ सिरिज उत्कृष्ट क्यामेरा सिस्टम र तीव्र गतिको हार्डवेयरका साथ सार्वजनिक हुने अपेक्षा गरिएको छ । नयाँ सिरिजका स्मार्टफोनको मूल्य भने घोषणा गरिएको छैन । एजेन्सी

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
