- Loading...
नाष्टले बनायो ग्राउण्ड स्टेशन, ‘नेपाली स्याट-१’ले पठाएको तथ्याङ्क संकलन गर्न सक्षम
- पुनहिल डट कम
- ५ साल अघि
- १८६ पटक पढिएको

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ग्राउण्ड स्टेशन बनाएको छ।
ग्राउण्ड स्टेशन बनेपछि चन्द्रसूर्य झण्डा अंकित नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ले अन्तरिक्षबाट पठाएको तथ्याङक संलकन गर्न सक्ने स्थितिमा पुगेको विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख .रविन्द्र ढकालले देश सञ्चारलाई जानकारी दिएका छन्।
उनले भने, ‘ग्राउण्ड स्टेशनबाट बनाएपछि ‘नेपाली स्याट-१’ले तथ्याङक संकलन गर्न सक्षम भएको छ। नेपालको आकाशमा भू-उपग्रह आइपुग्दा हामीले रेडियो उपकरण र ट्र्याक सफ्टवेयरको सहायताबाट डाटाहरु लिन्छौ र डिकोड गरेर फोटो निकाल्छौ।’
उनका अनुसार नेपाली भू-उपग्रहले पृथ्वीको एक दिनमा १६ पटक चक्कर लगाउने भएकाले नजिक आएको बेला ट्र्याक गर्ने र मौसमको पूर्वानुमान, विपद्का लक्षण र पृथ्वीले निकाल्ने इलेक्ट्रो म्याग्नेटिक वेभको बारेमा रिसर्च गरिनेछ।
उनले भने, ‘हामीले स्याट्यालाइटले पठाएको डाटालाइ डिकोडिङ गरेर फोटो निकाल्छौ मूलत:। त्यतिमात्रै नभएर स्याट्यालाइट एप्लिकेशनको माध्यमबाट मौसम, विपद्को बारेमा पूर्वसूचनाहरु रेडियो उपकरणहरुबाट लिन्छौ।’
नानो स्याटालाइटबाट आएको संकलित तथ्याङकला ल्याब्रोटरी बिल्डिङ बनाएर परीक्षण गर्ने र आउँदो नयाँ पुस्ताका लागि रिसर्चका लागि थप कार्यक्रमहरु गरेर युवाहरुलाइ प्रोत्साहित गरिने योयता, नास्टका प्रवक्ता डा. सुरेश कुमार ढुंगेलका अनुसार अन्तरिक्षमा पठाएको नेपालको नानो स्याटालाइट ‘नेपाली स्याट-१’ले आउँदो सेप्टेम्बरको १३ तारिखदेखि पूर्वी नेपाल छोएको देखिन्छ भने त्यहाको गतिविधि समेत ट्र्याक गरेर हेर्न सकिनेछ। उनले भने, ‘नेपाली स्याट-१’ सहित तीनवटै देशका भू-उपग्रहको गतिविधि हाम्रै ग्राउण्ड स्टेशनबाट हेर्न सक्छौ।’
उनले भने, ‘हामीले ग्राउण्ड स्टेशन तयारी पूरा गरेका छौ। कम्युनिकेशन स्टेशन समेत बनाइसकेका छौ।गत शुक्रबारदेखि हामीले अपलिंक, डाउन लिंक आफ्नै ग्राउण्ड स्टेशनबाट ट्र्याक गरेर हेर्न सक्ने भएका छौ।’
वैशाख ५ गते अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट नेपालको स्याटेलाइट प्रक्षेपण गरिएको थियो।
उक्त स्याटालाइटलाई जापानको क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले तयार पारेका हुन।
देश संञ्चारमा समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
