- Loading...
मोना बेल्जियका संस्थापक शिव बरुवालको एनआरएन सचिवमा उम्मेदवारी घोषणा
- पुनहिल डट कम
- ५ साल अघि
- १४० पटक पढिएको

म्याग्दी, १ असोज ।
आगामी अक्टोवर १५–१७ मा काठमाण्डौमा आयोजित गैहृआवसीय नेपाली संघको नवौं अर्न्तराष्ट्रिय महाधिवेशनमा शिवकुमार बरुवालले अर्न्तराष्ट्रिय समवन्यय परिषदको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।
हाल एनआरएन युरोप संयोजक रहेका बरुवाल वेल्जियमकालागी १०१६ देखी २०१८ कालागी नेपाली पर्यटन दुत हुन । म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमका संस्थापक अध्यक्ष रहेका बरुवाल प्रवासी नेपालीका विभिन्न फोरम र मोर्चामा सकृय छन ।
सन् २००२–२००५ सम्म हिमालय सोसाईटी बेल्जियमको महासचिव रहेका शिवकुमार बरुवाल २००५–००७ सम्म एनआरएन वेल्जियमका संस्थापक सदस्य, २००७–२०११ सम्म म्याग्दी प्रवासी नेपाली संघ (मोना)का संस्थापक अध्यक्ष रहेका थिए । २०११–२०१३ एनआरएन वेल्जियमका महासचिव, २०१३–२०१५ एनआरएन आईसिसि सदस्य बनेका बरुवाल २०१७–२०१९ एनआरएन युरोप संयोजकमा सकृय छन ।
एनआरएन युरोप संयोजकको भुमिका जिम्मेवारीपूर्वक निर्वाह गरेका शिव वरुवालले भने, ‘प्रवासमा आर्जन गरेको सीप, ज्ञान र धनलाई लगेर मातृभुमिमा सेव ागर्न अग्रजहरुले सुरु गरेको अभियानलाई दृढतापूर्वक आत्मसाथ गर्दै विश्वभर छरिएर रहेका एनआरएनलाई संस्थामा आवद्ध गराउन, एनआरएनका समस्या पहिचान गरी समाधानकालागी पहल गर्न र नेपालको समृद्धीमा हातेमालो गर्न अन्तराष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारी दिएको हुँ ।’ उनले थपे, ‘एनआरएन अभियान र अन्य सामाजिक अभियानबाट आर्जित ज्ञान र दक्षतालाई एनआरएन अभियान र मातृभुमिको भविश्य निर्माणमा खर्च गर्न चाहन्छु ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
