आज:  | Thu, 30, Jun, 2022

गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा भारी बर्षाको संभावना, देशभर बर्षा हुने

३१ भाद्र २०७६, मंगलवार १४:२५ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
म्याग्दी, ३१ भदौ । मनसुनी गतिविधी थप सक्रिय हुँदा मंगलवार रातीदेखी गण्डकी प्रदेशको धेरै स्थान, प्रदेश २, ३ र ५ को केही स्थामा मध्यमदेखी भारी बर्षाको संभावन रहेकोले कालीगण्डकी नदीसमेत गण्डकी प्रदेशभाई बहने नदीमा आकस्मिक बाढीको संभावना रहेको मौषम पूर्वानुमान महाशाखाले उच्च सतर्क रहने सुझाएको छ । गण्डकी प्रदेशमा आगामी शुक्रवारसम्मै मध्यमदेखी भारी बर्षाको संभावना रहेको छ । हाल मनसुनी न्यून चापीय रेखा पश्चिमी भाग औषत स्थानको आसपासमा रहेको र मध्य तथा पूर्वी भाग औषभभन्दा उत्तरतर्फ सरेको तथा बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावको कारण पछिल्ला केही दिनदेखी देशभर मनसुनी गतिविधी बढीरहेको छ । जल तथा मौषम विज्ञान विभागले मंगलवार साँझ बाढी पूर्वानुमान सम्बन्धी सूचना प्रकाशित गरी बाढीपहिरो जोखिम क्षेत्रमा उच्च सतर्क रहन, गाडीमा यात्रा गर्दा सजग रहन सुझाएको छ । म्याग्दी, बाग्लुङ्ग, पर्वत, कास्की, लमजुङ्ग पनि बाढीपहिरोको उच्च जोखिममा क्षेत्रमा परेका छन ।