Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मुस्ताङ्गमा समयमा काम नगर्ने ठेकदारको धरौटी जफत

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४१ पटक पढिएको
मुस्ताङ्गमा समयमा काम नगर्ने ठेकदारको धरौटी जफत

मुस्ताङ्ग, ३० भदौ ।

मुस्ताङ्गको एल्लेभाटी स्थित कालीगण्डकी पुलमाथी ११ करोड ७५ लाख ६७ हजार ६ सय ८१ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको निर्माणाधिन मोटरपुल ढिलाई गर्ने निर्माण ब्यवसायीको पूर्वाधार विकास कार्यालयले धरौटी जफत गरेको छ ।

मुस्ताङ्गको बाहृगाउँ मुक्तिक्षेत्र गाउँपालिका, ४ एक्लेभट्टीबाट डोल्पा सडकले जोड्न कालीगण्डकी नदीमाथी पक्की पुल निर्माणस्थलमा निर्माण उपकरण, निर्माण सामाग्री र मजदुरहरु केही नभेटेपछि कार्यालयले ठेकदार कम्पनी ईलाइट/शंकरमाली जेभीलेको तर्फबाट बैंक ग्यारेन्टी बसेको नेपाल वंगलादेश वैंकबाट १ करोड ७१ लाख रुपैयाँ फिर्ता गरी राजश्व दाखिला गरेको नाएको छ ।

मुस्ताङ्गको बाहृगाउँ मुक्तिक्षेत्र गाउँपालिका, ४ एक्लेभट्टीबाट डोल्पा सडकले जोड्न कालीगण्डकी नदीमाथी पक्की पुल निर्माण गर्न २०७२ असार ३१ गते तत्कालिन जिल्ला विकास समिति मुस्ताङ्गले एक बर्ष समय अवधि राखेर ईलाइट/शंकरमाली जेभी काठमाण्डौसंग ठेक्का सम्झौता गरेको थियो । ठेकदार कम्पनीले समयमा काम नगरेको र कार्यस्थलमा निर्माण सामाग्री तथा उपकरण नभएपछि ठेकदारले लिएको मोविलाईजेसन पेश्की रकम ठेकदार कम्पनीको बैंक ग्यारेन्टीबाट तानिएको हो ।

ठेकदारले फाउण्डेसनमा गरेको कामको वील अनुसार २ करोड १२ लाख ३४ हजार २ सय ६८ रुपैयाँ भुक्तानी भैसकेको छ । ‘पटक–पटक म्याद थपेर कार्यस्थलमा परिचालन हुन ताकेता गर्दा समेत ठेकदार कम्पनीले अटेर गरेको र विभिन्न जालझेल गर्ने तथा बाहनाबाजी बढी गरेपछि पेश्कि लिएको रकम फिर्ता ल्याएका हौं’ कार्यालय प्रमुख डिई ओमराज ढुङ्गानाले भने, ‘१५ दिनभित्र कार्यस्थलमा विश्वासिलो तरिकाले परिचालित हुन ठेकदारलाई अन्तिम मौका दिईएको छ । अटेरी गरे ठेक्का रद्धगरी कारवार्ही प्रकृयामा जान्छौं ।’

ईलाइट/शंकरमाली जेभी काठमाण्डौले साविक मुस्ताङ्ग जिविस/प्राविधिक कार्यालयसँग ०७३ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ०७२ असार ३१ गते ठेक्का सम्झौता गरेको हो । तर ठेकदारले ०७३ असार १२ गते फाउण्डेसनमा ‘हार्ड रक’ भेटिएको भन्दै ओपन फाउण्डेसनमा काम गर्न नसक्ने र पायल पिलर फाउण्डेसनमा काम गर्न सहमतिकालागी पत्राचार गरेको थियो । ठेकदारको पत्रपछि तत्कालिन जिसस मुस्ताङ्गले ०७४ असार ३० गतेसम्मका लागी म्याद थप गरी स्थानीय सडक पुल सहयोग कार्यक्रम ललितपुर मार्फत भौगोलिक अवस्थिती अध्ययन गरी ओपन फाउडेसनमै काम गर्न सकिने प्रतिवेदन दियो ।

यसैविच ०७५ असार ३२ गते जिल्ला समवन्य समितिले ठेकदारको निर्माण म्याद एक बर्ष थप गर्यो । त्यपछि जिल्ला समवन्ययबाट उक्त योजनाको फाईल पूर्वाधार विकास डिभिजन कार्यालयगरी बेनीलाई हस्तान्त्रण गरेको थियो । ०७२ सालमा ठेक्का सम्झौता भएको पुलको भौतिक प्रगति जम्मा २५ प्रतिशत भएको कार्यालयले जनाएको छ ।

‘हामीले पटक पटक ताकेता गर्यौं । ठेकदारको माग अनुसार फाउण्डेसनको मोडेल परिवर्तन गर्न सहमपती पनि दियौं तर कार्यस्थलमा कहिल्यै परिचालन भएनन । पेश्की फिर्ता ल्याएपछि ठेकदारले उल्टो टर्मिनेटमा जाने धम्की दिएको छ’ डिई ढुङ्गानाले भने, ‘मुस्ताङ्ग प्रशासनमा भएको समवन्यय समिति, प्रतिनिधी सभा र प्रदेश सभाका सांसदहरु, जिसस प्रमुख समेत सर्वपक्षिय बैठकले एक साता भित्र ठेकदार कार्यस्थलमा उपस्थित गराउन हामीलाई निर्देशन गरेको छ । हामी सोही अनुसार ठेकदारलाई खवर गरेका छौं, अन्यथा कारवाही प्रकृया सुरु हुन्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल