FLASH NEWS
  • Loading...

स्वास्थ्यका आचार्य दम्पत्ति विरुद्ध भ्रष्टाचार मुद्धा दायर

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३० पटक पढिएको
स्वास्थ्यका आचार्य दम्पत्ति विरुद्ध भ्रष्टाचार मुद्धा दायर

म्याग्दी, ३० भदौ ।
स्वास्थ्य कार्यालयमा कार्यरत हेल्थ असिस्टेन्ट (अधिकृत छैठौं) भरत आचार्य र सोही कार्यालयकी अनमी राधिका देवी शर्मा आचार्य विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । आचार्य र शर्मा दम्पत्ति हुन ।
आव ०७५/०७६ मा संञ्चालित विभिन्न कार्यक्रम गर्न लिएको पेश्की फर्स्यौट गर्न फर्जी विलभरपाई पेश गरी राज्य कोषबाट दुरुपयोग र हिनाविना गरेको छ लाख ५८ हजार पाँच सय १३ रुपैयाँ विगो असुल उपरगरी कानुनी सँजायको माग दावी सहित आईतवार विशेष अदालतमा आरोपत्रप दायर भएको हो ।
‘भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १७ मा बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को (ङ) बमोजिम सँजाय गर्न र हिनामिना हानीनोक्सानी भएको विगो निज प्रतिवादीबाट असुल उपर गर्न’ माग दावि सहित आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
आचार्य दम्पत्तिले नक्कली विल भरपाई पेश गरी पेश्की फmस्यौट गर्न दवाव दिएको, कार्यादेश अनुसार कार्यक्रम संञ्चालन नगरेको तथा कार्यत्रमका असबन्धित ब्यक्तिलाई दैनिक भ्रमण भत्ता वितरण गरेको र गैरकानुनी लाभ लिई सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको आरोप पत्रमा उल्लेख छ ।
हेल्थ असिस्टेन्ट भरत आचार्यले गत बर्ष समुदायमा आधारित एकिकृत शिशु तथा वाल स्वास्थ्य ब्यवस्थापन कार्यक्रम र विषादी रहित खाद्यय सुरक्षा तथां पोषण प्रर्वद्धन कार्यक्रम संञ्चालन गर्न पेश्किी लिएको नौ लाख मध्य विभिन्न शिर्षकमा चार लाख २८ हजार दुई सय १६ रुपैयाँ खर्चगरी बाँकी चार लाख ७१ हजार सात सय ८३ रुपैयाँको फर्जि वीलभरपाई पेश गरेका अख्तियारको अनुसन्धानमा भेटिएको थियो ।
त्यसैगरी अनमी शर्मा आचार्यले पेश्की लिएको चार लाख रुपैयाँमध्य एक लाख ६९ हजार सात सय तीन रुपैयाँ विभिन्न शिर्षकमा खर्चगरी बाँकी दुई लाख तीस हजार दुई सय ९७ रुपैयाँको फर्जी वीलभरपाई गरेको भेटिएको हो ।
आचार्य र शर्माद्वयले लिएको पेश्कि फस्यौट गर्ने क्रममा कार्यालय प्रमुख भीमप्रसाद आचार्य,  लेखा प्रमुख हरिशंकर शर्मा र स्टोरकिपर रघुनाथ रेग्मीले घुस मागेको भन्दै अख्तियारमा उजुरी गरेका थिए । आफ्नै उजुरुमा छानविन गर्दा आचार्य दम्पत्ति उल्टै नियन्त्रणमा परेका हुन ।
सोही पेश्कि फर्स्यौट गर्नेक्रममा घुस लिएको भन्दै अख्तियारले गत साउन १२ गते कार्यालय प्रमुख आचार्य, लेखा प्रमुख शर्मा र स्टोर किपर रेग्मीलाई अख्तियारले नियन्त्रणमा लिई भ्रष्टाचारजन्य कसुर गरेको एक लाख ३० हजार विगो सहित भदौ १३ गते विशेष अदालतमा मुद्धा दायर गरेको थियो । बिशेष अदालतले पक्राउ परेका कार्यालय प्रमुख भीमप्रसाद, लेखापाल हरीशंकरलाई जनही एक लाख ३० हजार र जिन्सी शाखाका रघुनाथ रेग्मीलाई भने ५० हजार धरौटी लिएर तारेखमा छोडेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल